गैर आवासीय नेपाली संघ मलेसियाको पहलमा लामो समय देखि पारिश्रमिक नपाएका ९ जना नेपाली श्रमिकले पारिश्रमिक पाएका छन।
मलेसियाको सुभाङजया स्थित लम्बुवाङ सुभाङ मा रहेको Rekavista sdn bhd & ikhamas jaya sdn bhd कम्पनिमा काम गर्दै आएका ९ जना नेपाली श्रमिकहरुले आफुहरुले श्रम गरेबापत पारिश्रमिक नपाएको रोजगारदाता कम्पनीले विभिन्न बाहानाबाजीमा आलटाल गरेको भन्दै लिखित गुनासो गरेपस्चात कानुनी सल्लाहकार सङ सम्मन्य गरि पारिश्रमिक दिलाउन सफल गएको छ ।
संघले समस्यामा परेका नेपालीको उद्वार तथा सहयोग गर्नको लागि खटाएका सहयोग कर्मचारी का संयोजक साजु शर्मा ले बताए अनुसार गैर आवासीय नेपाली संघ मलेसिया द्वारा नियुक्त गरिएका कानुनी परामर्शदाता र क्वालालम्पुर स्थित नेपालि राजदुतावास मलेसिया को संयुक्त सहकार्य ले श्रमिकहरुको पारिश्रमिक दिलाउन सफल भएको बताए ।
गैर आवासीय नेपाली संघ आइसिसिका वरिष्ठ उपाध्यक्ष,वैदेशिक रोजगार तथा कल्याणकारी बिभाग का संयोजक कोभिड १९ Reliet & Repatriation कार्यक्रमका प्रोजेक्ट डिरेक्टर बद्री केसी को पहलमा संचालन गरिएको राहत तथा घरफिर्ती कार्यक्रम अन्तर्रगत मलेसियामा नियुक्त गरिएका कानुनी परामर्शदाता को सहयोगमा ९ महिना देखि पारिश्रमिक नपाएका कामदार को पारिश्रमिक दिलाउन सफल भएको हो ।

पारिश्रमिक पाउने हरुमा बलबहादुर पुन , दिल मान रोका,जय बहादुर रोका,प्रेम बुडा,सुर्य बिक,जमान बिक ,दल बहादुर ओलि,देब प्रसाद तेजपुरिया र नबराज ओलि ले क्रमश RM 3690,RM 3690,RM 1900,RM 3690,RM 1900,RM 10135,RM 5015,RM 6795,RM 7771 प्राप्त गरेका छ्न ।
रोजगार दाता कम्पनीले कमजोरी स्विकार्दै कामदार लाइ पारिश्रमिक दिएको र छिटै स्वदेश फिर्ता गराउने तयारीमा रहेको बताए।




















