[ अभय दुबे ]
बारा := प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटन असंवैधानिक अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारको विरुद्ध हिजो सोमबार बारा क्षेत्र न. १ को कोल्हवीमा नेपाली काङ्ग्रेसको विशाल बिरोध र्याली ( जुलुस) प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस क्षेत्र न. १ को सभापति बिजय शंकर यादवको नेतृत्वमा कोल्हवी बजारबाट सुरु भएको सो बिरोल र्याली पुरै कोल्हवी बजार परिक्रमा गरि पुन: कोल्हवी बजारमा आई कोणसभामा परिणत भएको थियो।
सो कोणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेस बाराको कोषाध्यक्ष चन्द्रशेखर प्रसाद यादव ले बोल्दै भन्नु,भयो कि ,” प्रधानमन्त्री केपी ओलीद्वारा चालिएको संसद विघटनकाे कदम असंवैधानिक, अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारी सिद्ध भइ सकेको छ । ओलीले जुन प्रकारले नेपाली जनताले बनाएको संरचनालाई भाचेको छ। अब नेपाली जनताले कहिल्यै पनि माफ गर्दैनन। आज राजतन्त्र बाट लोकतंत्र ल्याउनमा सबैको हात छ्न। संविधानमा कतै नलेखीएको,कानुनी प्रक्रियामा नभएको र आफ्नो सल्लाहाकार सङ्ग पनि नसोधी जुन यो कदम चालेको छ।यो एउटा ठूलो गल्ती हो उनले भने।”


कोषाध्यक्ष यादवले थप बोल्दै भन्नुभयो, “नेपाली कांग्रेस जुन कि सही बिपक्षको भुमिका निर्वाहगरी रहेको बेला ओलीको कदमले नेपाली काँग्रेसलाई पनि झुकाउन कोसिस गर्यो तर मेरो चाईलेन्ज छ ! कुनै पनि नेपालको पार्टीले नेपाली काग्रेसलाई झुकाउन सक्दैन । हामी संसद पुनरबहाली गराएर नै छाडनेछौ उनले भने।”
बारा क्षेत्र न.१ को सभापति बिजयशंकर यादवको अध्यक्षतामा भएको सो कोणसभामा विरोध प्रदर्शनको क्रममा नेपाली कांग्रेस महासमिती सदस्य उपेन्द्र जयसबाल , प्रजातान्त्रिक सेनानी बाराको अध्यक्ष किशोर नेपाल , बारा निजगढ सभापति महेश कुवर,नेत्री रामदुलारी घले लगायेतका उपस्थिति रहेको थियो।
कोणसभामा स्वागत मन्तब्य सीता मैनालीको रहेको थियो भने कार्यक्रमको संचालन पत्रकार सिकेन्द्र पासवानले गरेका थिए।




















