काठमाडौं := बलिउडका सुपरस्टार नायक सलमान खानले संचालन गरिरहेको ‘बिइङग ह्यूमन’को नेपाली फ्रेन्चाइज लिएको संस्थाले उनको जन्मदिन सेलिब्रेट गरेको छ।
आइतबार सुपरस्टार सलमान खान ५५ बर्षमा प्रवेश गरेका छन् । यो बर्ष सलमानले आफ्नो जन्मदिन परिवारको सदस्यहरुसँग मात्रै ईन्डियामा अवस्थित फामहाउसमै मनाएका छन् ।
‘विइङ्ग ह्यूमन क्लोथिङ नेपाल’को समुहले आइतबार सलमानको जन्मदिनको अवसर पारेर सीडीएनए संस्थासँग मिलेर कपनमा शारीरिक रुपमा कमजोर रहेका बालबालिकाहरुलाई ४५ हजार रुपैयाँ बराबरको खाद्यान्य सहयोग गरेको थियो ।
यो संस्थाले नायक सलमान खानलाई नेपाल ल्याउनका लागि पहल गरेको पनि बताएको छ । गतबर्षको मे महिनामा सलमान नेपाल आउने निश्चित भएपनि विविध कारणले स्थगित भएको ‘विइङ्ग ह्यूमन क्लोथिङ नेपाल’का निर्देशक सुरज केसीले जानकारी दिए ।
दरबारमार्गको किङ्ग्स लन्जमा आयोजित कार्यक्रममा नेपाली चलचित्रका नायक भूवन केसी, नायिका सुष्मा कार्की, कलाकार प्रशान्त ताम्राकार पनि उपस्थित थिए । उनीहरुले आयोजकसँगै केक काटेर , सलमानले खेलेको फिल्मको गित पनि प्रत्यक्ष गाएर रमाइलो गरेका थिए।




















