मलेसियामा आफ्ना श्रमिकको कोरोना परिक्षण नगर्ने रोजगारदाता,कम्पनीलाई कडा कारबाही गर्ने।

क्वालालम्पुर (मलेसिया):= आउँदो अङ्ग्रेजी नयाँ बर्ष सन् २०२१ को जनवरी १ तारिखदेखि मलेसिया सरकारले यहाँ कार्यरत विदेशी श्रमिकहरुको अनिवार्य रुपमा कोरोना भाइरस (कोभिड-१९)को परीक्षण गर्नुपर्ने नियम लागू गर्ने भएको छ।

एक पत्रकार सम्मेलनमा बोल्दै मलेसिया सरकारको वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री याकोबले भने,”रोजगारदाता र कम्पनीहरुले आ-आफ्नो कम्पनीमा कार्यरत विदेशी श्रमिकको रोजगारदाता कम्पनीले नै कोरोना परीक्षण गर्नुपर्ने र खर्च समेत ब्यहोर्नुपर्ने भनिए पनि त्यस्तो नगरेको पाइएको र अटेरी गरेको पाइएको भन्दै मलेसिया सरकारले आउदो जनवरी १ देखि श्रमिकको कोरोना परीक्षण अनिवार्य गर्नुपर्ने र नगरिदिने रोजगारदाता,कम्पनीलाई कडा कारबाही गरिने वरिष्ठ रक्षामन्त्री साब्रीले बताएको हो। स्थानीय पत्रीका द-स्टारमा खबर छ।

[ तस्बिरमा मलेसिया सरकारको वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री याकोब ]

डिसेम्बर १ देखि नै मलेसिया सरकारले क्लालाम्पुर, पेनाङ, नेग्री सेम्बिलान र सभा राज्यका सबै क्षेत्रमा काम गर्ने श्रमिकको कोरोना परीक्षण रोजगारदाताले गर्नुपर्ने बताएको थियो । तर अहिले पनि धेरै रोजगारदाताले श्रमिकको कोरोना परीक्षण गर्न आनाकानी गरेको पाइएको छ। तर अब जनवरी १ देखि भने श्रमिकको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कडा कारबाही हुने बताएको छ।