टिकटक बनाउन जाँदा झोलुङगे पुलबाट खसेका युवाको मृत्यु।

दाङ := तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ । शनिबार खसेर घाईते भएका ती युवाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा आज मृत्यु भएको हो ।

शनिबार बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा थापा लडेका थिए ।