ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन उनकै मन्त्रीहरुको हस्ताक्षर, को को हुन् हटाउने?

काठमाडौं := प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदबाट च्युत गरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली सरकारकै मन्त्रीहरुले हस्ताक्षर गरेको पाइएको छ । यो प्रस्तावमा स्वयं प्रचण्ड र नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितले ओली सरकारकै केही मन्त्रीहरुले हस्ताक्षर गरेको पाइएको छ।

तर, अविश्वासको प्रस्तावका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतमले भने हस्ताक्षर गरेका छैनन्। स्रोतका अनुसार, प्रचण्डले पार्टी नेता जनार्दन शर्मालाई बोलाएर अविश्वासको प्रस्ताव दर्ता गर्न अह्राएको थाहा पाएपछि ओलीले तत्काल क्याविनेट बैठक राखी संसद भंग गर्ने सिफारिस राष्ट्रपतिसमक्ष गरेका थिए।

ओलीबिरुद्ध प्रस्ताव दर्ता नहुँदै बहुमतको प्रधानमन्त्रीको हैसियतमा संसद भंग गर्ने पत्र राष्ट्रपति कार्यालयमा दर्ता गरेर ओलीले काउण्टर दिएका हुन्। संसदमा दर्ता भएको अविश्वासको प्रस्तावका अरु सबै बुँदा सार्वजनिक गरे पनि प्रचण्ड समूहले हस्ताक्षरकर्ताको नाम सार्वजानिक गरेको छैन। संसद सचिवालय स्रोतका अनुसार यो लिष्टमा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ पनि छन्।

उनले नै यी हस्ताक्षरहरु संकलन गरेर प्रचण्डलाई बुझाएको बताइएको छ । ओलीलाई प्रधानमन्त्री पदबाट च्युत गर्न ओली सरकारका मन्त्रीहरु बर्षामान पुन, रामेश्वर राय यादव, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र बिना मगरले हस्ताक्षर गरेका छन् । यसै गरी हस्ताक्षर गर्ने सांसदहरुमा सुदन किराँती, शिवकुमार मण्डल, हेमकुमार राई, रामकुमारी चौधरी, अमनलाल मोदी, सुरेशकुमार राई, सुरेशचन्द्र दास, चाँदतारा कुमारी, दिलकुमारी, वोधमाया यादव, मातृकाप्रसाद यादव, धर्मशिला चापागाईं, इन्द्रकुमार शर्मा, गौरीशंकर चौधरी, हरिबोल गजुरेल, हितबहादुर तामाङ रहेका छन।

यसैगरी पम्फा भुषाल, शशी श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, अन्जना बिसंखे, गंगाबहादुर तामाङ, देबेन्द्र पौडेल, यशोदा गुरुङ सुवेदी, हरिराज अधिकारी, अमृता थापा, चूडामणि खड्का, दुर्गाकुमारी विश्वकर्मा, कमला रोक्का, टेकबहादुर बस्नेत, प्रभु शाह, सत्या पहाडी , कृष्ण बहादुर महरा, सुरेन्द्रकुमार कार्की, छक्क बहादुर लामा, राजबहादुर बुढाक्षेत्री, पार्वतीकुमारी बिसुंखे, दुर्गाबहादुर राउत, ध्रुवकुमार शाही, जनार्दन शर्मा, जयपुरी घर्ती, रेखा शर्मा, पूर्ण कुमारी सुवेदी, ओनसरी घर्ती, सन्तकुमार थारु,महेश्वरजंग गहतराज रहेका छन्।

यसैगरी राजेन्द्रबहादुर महत, चक्रपाणि खनाल, जीवनराम श्रेष्ठ, गणेश बहादुर पहाडी, सरला यादव, पुष्पा कुमारी कर्ण कायस्थ, कृष्णलाल महर्जन, नारायण प्रसाद खतिवडा, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ मायादेवी न्यौपने, विरोध खतिवडा, राम कुमारी झाँक्री, कल्याणीकुमारी खड्का, यज्ञराज सुनुवार, समिना हुसेन, जयकुमार राई, हिराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, भवानी प्रसाद खापुङ रहेका छन्।

यसै गरी मेटनाथ चौधरी, झपट बहादुर रावल, यज्ञबहादुर बोगटी, निरादेवी, डा.दीपकप्रकाश भट्ट, कलिला खातुन, सोमप्रसाद पाण्डे, लालबाबु पण्डित, विनादेवी बुढाथोकी, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, पवित्रा निरौला, गंगा चौधरी सत्गौंवा, गोकर्ण विष्ट, सुरेन्द्रप्रसाद पाण्डे र भैरवबहादुर सिंह छन्। यी सांसदहरुलाई विकास निर्माणको परियोजना माग गर्न भनेर हस्ताक्षर गराइएको र आफू वि’रुद्धको अविश्वासको प्रस्तावमा प्रयोग गरेको आरोप केपी ओलीले लगाएका छन्।