[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले अहिले मलेसियामा अबैधानिक (ईलिगल) हैसियतमा बसेका नेपालीसहित आप्रवासी कामदारहरुलाई पुनः स्वदेश फर्किने मौकाको साथै अबैधानिकबाट बैधानिक बन्ने गरेर दुईवटा अवसर दिइएको छ।
मलेसिया सरकारले यहाँ रहेका अबैधानिक कामदारहरुको व्यवस्थापनको लागि अहिले (रिक्यालीब्रेसन) नामक कार्यक्रम ल्याएको हो।
मलेसिया स्थित नेपाली दूतावासले जनाएअनुसार यस कार्यक्रम अन्तर्गत मलेसिया सरकारले दुई वटा अवसर प्रदान गरेको छ। पहिलो अवसर ” मलेसियामै बैधानिक रुपले काम गर्न पाउने प्रक्रिया” र दोश्रो अवसर “सहुलियत दरको जरिवाना बापतको आरएम ५०० रिंगेट तिरेर , आवश्यक कागजी प्रक्रिया पुर्याएर मुलुक फर्किने” रहेको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ।
यस्तो छ मलेसियावाट अबैधानिक कामदारहरुले घर फर्कने पाउने प्रक्रिया:
http://sto.imi.gov.my मा गएर सबैभन्दा पहिला अनलाइन अपोइन्टमेन्ट लिनुपर्छ ।
आफूसँग यात्रा अनुमतिपत्र या पासपोर्ट छ भने सिधै यो अपोइन्टमेण्ट लिन सकिन्छ । तर यदि छैन भने मलेसियाको क्लाललाम्पुरमा रहेको नेपाली दूतावासमा गएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ । यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगिट दस्तुर तिर्नुपर्छ ।
त्यसपछि आफ्नो अपोइन्टमेन्टको दिन आवश्यक कागजातहरु लिएर आपोइन्टमेन्ट लिएको अध्यागमन कार्यालय जानुपर्छ । मलेसियन सरकारले तोकेको पाँच सय रिंगिट जरिबाना शुल्क तिरेपछि घर फर्कने चेकआउट मेमो लिन सकिन्छ ।
र नेपाल फर्कनका लागि साथमा चेकआउट मेमो, हवाई टिकट र ७२ घण्टा भित्रको कोभिड पीसीआर नेगेटिभ रहेको रिपोर्ट चाहिन्छ । विमानस्थलमा जाँदा सीसीएमसीले परदेशबाट फर्कनेका लागि तोकेको फारम भर्नुपर्छ ।
यसरी लिनुहोस् अपोइन्टमेन्ट
मलेसियन अध्यागमन विभाग वा कार्यालयको अपोइन्टमेन्ट लिन आफनो पासपोर्ट वा ट्राभल डकुमेण्ट तयारी राख्नु पर्छ ।
मोवाइल या कम्प्युटरमा इन्टरनेट ब्राउजर खोल्ने । त्यहाँ http://sto.imi.gov.myलिंक क्लिक गर्ने । आफ्नो पायक पर्ने अध्यागमन कार्यालय छान्ने । त्यसमा program rekalibrasi pulang छान्ने र उपयुक्त मिति छान्ने ।
सबै विवरण भरेपछि सबमिट गर्ने र कन्फर्मेशन प्रिन्ट गर्ने । मोवाइलमा भएमा स्क्रिनसट पनि लिन सकिन्छ । यो अध्यागमन कार्यालय जाँदा साथैमा लैजानु पर्छ । आफूले लिएको समयमा अध्यागमन कार्यालय जाँदा पनि पासपोर्ट या ट्राभल डकुमेन्टको प्रतिलिपि चाहिन्छ ।
कोरोना जाँच गरेको रिपोर्ट र १४ दिनभित्र स्वदेश फर्कने गरी घर फर्कनका लागि काटेको टिकटको प्रतिलिपि पनि आवश्यक पर्छ । जरिबाना भने बैंक कार्डमार्फत पनि तिर्न सकिन्छ । यसबारेमा थप बुझ्न परेमा मलेसियामा रहेको नेपाली दूतावासको श्रम शाखामा ०३२०२०१८९८, ०३२०२०१८९९ वा ०३२०२०१९०१ मा सम्पर्क गर्न सकिन्छ । दूतावासको हटलाइन नम्बर ०१६२४७२७७७ मा पनि सम्पर्क गरेर आफूलाई आवश्यक सहयोग र जानकारी लिन सकिन्छ ।
थप बुझ्न यहाँ क्लिक गर्नुहोस्
प्रक्रिया सुरु भैसकेकोले आजैबाट सहभागी हुन् दूतावासले अबैधानिक रुपमा बसेका नेपालीहरुमा अनुरोध गरेको छ। मलेसियाले ल्याएको यो कार्यक्रमबाट अवैध रुपमा बसिरहेका हजारौंहजार नेपाली लाभान्वित हुने बताइएको छ।
मलेसिया सरकारले यसघि सन् २०१९ मा पनि अबैधानिक कामदारहरुलाई स्वदेश फर्किन दिनको लागी सहयोग स्वरुप “ब्याक फर गुड” नामक आममाफी कार्यक्रम ल्याएको थियो।




















