[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा अबैधानिक (ईलिगल) हैसियतमा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको छ।
नेपाल ठेगाना धनकुटा जिल्ला निवासी ४२ बर्षिय भिम बहादुर मगरको आज बिहान करिब ०८:०० बजेतिर कोठामा सुतिरहेको ठाउँमै साथीभाइहरुसंग कुराकानी,भलाकुसारी गर्ने क्रममै मृत्यु भएको संगै सोही कम्पनीमा कामगर्ने अर्का एक नेपालीले जानकारी गराउनुभयो।
मृतक भिम बहादुर सुरुमा मलेसिया आउदा कामगर्ने रोजगारदाता कम्पनी छोडेर,भागेर बिगत ९ बर्षदेखी एक सेक्युरिटी कम्पनीसंग आबद्ध रहि अबैधानिक हैसियतमा मलेसियाको क्वालालम्पुरमा वाङ्सामाजु भन्ने ठाउँमा सुरक्षागार्डको काम गर्दै आएको जानकारी प्राप्त भएको छ।
जानकारी अनुसार मृतक भिम बहादुर बिगत १ महिनादेखि बिरामी परि थल्ला परेर ड्युटी नगैइ कोठामै बस्दै आएका थिए। बिरामी परेर शारीरिक रुपमा एकदमै अशक्त भैइसकेका थल्ला परेका मृतक भिम बहादुर केहिदिन अगाडि मात्रै थप राम्ररी उपचार गराउन स्थानीय अस्पतालमा समेत गएको , तर उ संग बैधानिक कागजात नरहेको कारण अस्पतालले भर्ना लिन नमानेको कुरा उनको सालो पर्ने मलेसियामै कार्यरत आफन्तले जानकारी गराउनुभयो।


रुघाखोकी र फोक्सोमा संक्रमणले ग्रसित भिम बहादुर बिगत १ महिनादेखि स्थानीय क्लिनिक बाट साधारण स्वास्थ्य उपचार गराईरहेको र औषधि सेवन गर्दैआइरहेको भिम बहादुर बिहानको समयमा आफ्नो ओछ्यानमै पल्टिएर साथीहरुसंग भलाकुसारी गर्दागर्दै मृत्युलाई अंगाल्न पुगेको कुरा प्रत्येक्षदर्शी नेपालीहरुले बताए।
मृतक भिमको घरमा श्रीमती,छोराछोरी,दाजुभाइ लगायतको पारिवारिक सदस्यहरु रहेको जानकारी प्राप्त भएको छ। मृतकको शवको पोस्टमार्टम गर्नको लागी मलेसियन प्रहरीले क्वालालम्पुरमा अवस्थित अस्पतालमा लगिएको बताएको छ।




















