मलेसियामा पहिलोचोटि कोरोनाले सुरक्षागार्डमा कार्यरत नेपाली श्रमिक याम नारायणको मृत्यु।


क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा पहिलोपटक कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकजना नेपाली कामदारको मृत्यु भएको छ।

मलेसियाको केलाङ मेरुमा अवस्थित एकदमै प्रतिष्ठित कम्पनी टप ग्लोब्स (Top glove) फ्याक्ट्री नम्बर.१३ मा सुरक्षागार्डमा कार्यरत नेपाल ठेगाना नवलपरासी जिल्ला निवासी याम नारायण चौधरीको कोरोना संक्रमणको कारणले मृत्यु भएको सोही कम्पनीमा संगै कार्यरत अर्का नेपाली कामदारले मलाया खबरलाई बताउनुभयो।

करिबकरिब अढाई बर्षदेखी टप ग्लोब्स कम्पनीमा सेक्युरिटीगार्डमा काम गर्दै आएका याम नारायण दुई हप्ता अगाडिदेखिनै रुघाखोकी,ज्वरो,स्वासप्रस्वास समस्यादेखी ग्रसित भैई कोरोना विशेष अस्पतालमा आईसोलेशनमा उपचाररत रहेका थिए , तर आज मृत्यु भएको छ। स्रोतले बतायो।

[ तस्बिरमा कोरोना संक्रमणबाट ज्यान गुमाएका नेपाली कामदार याम नारायण चौधरी ]

विश्वकै रबर उत्पादक प्रतिष्ठित कम्पनी मध्यको एक मलेसियाको टप ग्लोब्स कम्पनी पनि नम्बर एक मानिन्छन्। तर यहीँ कम्पनीमा पछिल्लोसमय कम्पनीमा कार्यरत १८ हजार कामदारहरु मध्यमा ५ हजार बढी स्वदेशी तथा विदेशी कामदारहरुमा कोरोना भाइरसको संक्रमण देखिएको समाचार स्थानीय पत्रपत्रीकामा पनि प्रकाशित भएको थियो।

जानकारी अनुसार सो कम्पनीमा कार्यरत संक्रमण देखिएको सबै कामदारहरु क्वारेन्टाइनमा बसिरहेको र थप स्वास्थ्य उपचार गराइरहेको बताएको छ। साथै कोरोना संक्रमित सबै कामदारको क्वारेन्टाइन खर्च,खानाखाजा लगायत खर्च पनि सबै रोजगारदाता कम्पनीनै ब्यवहोर्ने गरेको बताइएको छ। र अहिले कम्पनी परिसरभित्र विशेष सुरक्षा सतर्कता समेत अपनाइएको छ।