काठमाडौं := नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमानसिंह लामाको निधन भएको छ। कोभिड-१९ संक्रमणका कारण उनको उपचारको क्रममा निधन भएको हो।
गत मंसिर १० गते टेकु अस्पतालमा पीसीआर परीक्षणका गर्दा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसपछि सास फेर्न गाह्रो भएको उल्लेख गर्दै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए।




















