विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ६२ लाख १० हजार ३६५ पुग्यो, १५ लाख बढीको मृत्यु।

एजेन्सी:= विश्वभर कोरोना भाइरस ( कोभिड-१९ ) बाट संक्रमित हुनेको संख्या ६ करोड ६२ लाख १० हजार ३६५ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ६७ हजार ३६१ नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, कोरोना मुक्त हुनेको संख्या चार करोड ५७ लाख ९७ हजार ४८१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ११ हजार ९१२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १५ लाख २३ हजार ५५० पुगेको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या एक करोड ८८ लाख ८८ हजार ७३९ पुगेको छ भने तीमध्ये एक लाख ६ हजार ७१ जनाको अवस्थाका गम्भीर रहेको छ ।