क्वालालम्पुर (मलेसिया):= मलेसियाको टप ग्लोब्स (Top glove) कम्पनीमा कार्यरत १८ हजार विदेशी कामदारहरु मध्य लगभग २ हजार बढी कामदारहरुलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखापरेको जनाएको छ।
संक्रमित भएका सबै कामदारहरु कोरोना विशेष अस्पतालमा भर्ना भएर थप उपचार गराईरहेका छ्न।
यसै क्रममा क्वारेन्टाइन शुल्क बापतको खर्च , खानाखाजा लगायतको बिषयमा भ्रमपुर्ण समाचार बाहिर आएको प्रति टप ग्लोब्स कम्पनीले आफ्नो ध्यानाकर्षण भएको जनाउदै सो बारेको अफवाह र भ्रमपुर्ण समाचारबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।
टप ग्लोब्स कम्पनीले नेपाली श्रमिकहरुलाई बुझ्न सजिलो होस् भनेर नेपाली भाषामै लेखेर जारी गरिएको एक प्रेस बिज्ञप्तिमा लेखिएको छ,”कम्पनीमा काम गर्ने कोरोना संक्रमित कामदारहरु थप उपचारको लागी बसेको क्वारेन्टाइनको सम्पुर्ण खर्च वा उपचारको क्रममा कम्पनी भित्र कामगर्न नपाएको समयको न्युनतम तलब,पारिक्ष्रमिक पनि कटौती नहुने स्पष्ट पारेको छ।

बिभिन्न प्रायोजनको निमित्त हातमा लगाउने ग्लोब्स बनाउने,रबर उत्पादक संसारकै ठूलो-ठूलो कम्पनी मध्येको एक मलेसियाको टपग्लोब्स कम्पनीले आफ्नो कम्पनीमा कार्यरत संक्रमित विदेशि कामदारहरुको तलब मात्र नभएर अस्पतालको खर्च, खाना,खाजा खर्च साथै यातायात खर्च पनि कम्पनीले बेहोर्ने विज्ञप्तिमा जनाएको छ ।
साथै कम्पनीमा कार्यरत कुनैपनि कामदारलाई भ्रमित पार्ने किसिमको समाचारको पछि नलाग्न बिज्ञप्ति मार्फत अनुरोध गरिएको छ। यदि कुनै किसिमको समस्या भए अथवा केहि जानकारी लिनुपरेको खण्डमा सम्बन्धित कम्पनी भित्रैको एचओडी अथवा एचआर डिपार्टमेन्टमा सम्पर्क गर्न भनिएको छ।





















