[ आरएन चौधरी थारु ]
पछिल्लो समय आदिवासी जनजाती तराई-मधेशको भुमिपुत्र थारु समुदायको गायक-गायिका,कलाकार तथा मोडलहरुले नेपाली तथा थारु भाषाको गीत-संगीतको क्षेत्रमा लगातार फड्को मारिरहेको छ।
थारु समुदायका कलाकारहरुले लगातार एकपछि अर्को गर्दै सुपरहिट गीत सहितको म्युजिक भिडियोहरु धमाधम युट्युबमार्फत सार्वजनिक गरिरहेका छ्न।
यतिबेला मङ्सिर महिनाभरी वैवाहिक साईतको समय पनि शुभ रहने भएकोले थारु गाउँघर तिर हुने वैवाहिक , ब्रतबन्ध लगायतको पार्टी,भोजभतेरमा पनि थारु भाषाको गीत गुन्जिरहेको सुन्न सकिन्छ।
त्यसै क्रममा दिपेन्सु चौधरीको शब्द संगीतमा सजिएको ” सजना आजा तु लैके बारात ” बोलको थारु भाषाको नयाँ गीतको म्युजिक भिडियो एन.डि.स्टुडियो युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।
यस् गीतमा पछिल्लो समयमा बहुचर्चित बनेकी गायिका अनु चौधरी र बिन्दास म्युजिक अवार्ड धनगढीमा आयोजित २०७५ र २०७६ सालको अवार्ड कार्यक्रममा लगातार आधुनिक गायनतर्फ सर्वोत्कृष्ट हुनु भएका बहुचर्चित गायक खेम चौधरीले स्वर दिइएका छ्न।

त्यस्तै यस् म्युजिक भिडियोमा मोडलद्दय मोनिका चौधरी र केप चौधरीको जोडदार अभिनयलाई देख्न सकिन्छ।
गीतको भिडियोमा छायांकन पतिराम चौधरीले गरेका हुन भने एकिन प्रिन्स र दिपेन्सु चौधरीको निर्देशन रहेको छ।
यस् गीतको ब्यवस्थापन गणेश चौधरीले गरेका हुन।
साथै गीतमा २० जना स्थानीय थारु समुदायको युवतीहरुलाई कोरसको रुपमा समाबेश गरिएको बताएको छ।
यस् गीत र म्युजिक भिडियोले अहिले चलिरहेको बिहेको सिजनमा बढीभन्दाबढी दर्शकस्रोताहरुको मन जित्न सक्ने विश्वास निर्माण पक्षले लिइएको जनाएको छ ।
पूरा भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् :




















