[ धिरेन्द्र कुमार चौधरी ]
इटहरी := आदिवासी थारु जातिको एतिहासिक तथा सास्कृतिक भुमी संकटमा रहेकोले संरक्षन गर्नका लागि इटहरीमा शनिबार भएको कार्यक्रममा सहभागीहरुले ग्राम थान संरक्षन हुनु पर्नेमा जोड दिएका छन् ।
मानव अधिकारका लागि वकिलहरुको समूह ( लाहुर्निप ) काठमाडौंकाे आयोजनामा ग्राम थानलाइ स्थानीय तहमा दर्ता गर्ने रणनीति बिषयमा कार्यक्रम गरिएको हो ।
पुर्वका तीन जिल्ला सुनसरी , मोरङ र झापा जिल्लामा रहेको ग्राम थानका प्रतिनिधि कार्यक्रममा सहभागी रहेका थिए । कार्यक्रममा सहभागीहरुले ग्राम थान स्थानीय तहमा दर्ता गर्ने सम्बन्धमा आठ बुदे रण नीति तथा पाच बुदे प्रतिबद्धता पत्र जारी गरेको छ ।
रणनीति पत्रमा स्थानीय तहमा ग्राम थान दर्ताका लागि लाहुर्निप र आदिवासी मुद्दामा सकारात्मक भावनाका वकिलहरु बाट सहयोग लिइने, धार्मिक तथा सास्कृतीक महत्व बारे पत्रकार सम्मेलन गरीने, विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई जानकारी गराइने, अन्तर्राष्ट्रिय कानुन बारे अध्यन गरि समुदायलाई जानकारी गराइने लेखिएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय , जिल्ला बिकास समिति , सम्बन्धित स्थान वा क्षेत्रका प्रहरी कार्यालयमा जानकारीका लागि ज्ञापनपत्र बुझाइने , स्थानीय सरकार संचालन ऐन २०७४ का आधारमा स्थानीय निकायमा दर्ता प्रकृया अगाडी बढाइने , प्रत्येक ठाउँमा ग्राम थान संरक्षन समिति गठन गरीने रणनीति पत्रमा उल्लेख गरिएको छ ।

त्यसतै प्रतिबद्धता पत्रमा स्थानीय निकायमा थारु जातिको धार्मिक तथा सास्कृतिक महत्त्वका ग्राम थानहरु दर्ता गर्ने प्रक्रिया लाई युद्ध स्तरीय ढङ्गबाट अभियानका रुपमा अगाडि बढाइने बताइएको छ ।
कार्यक्रममा सहभागीहरुलाइ लाहुर्निपका पुर्वान्चल संयोजक गोपाल देवान , प्रसिद्ध कलाकार बिक्रम श्री, नेफिन मोरङका अध्यक्ष दिल बहादुर थेवेले सहजीकरण गरेका थिए । कार्यक्रममा भुमी अधिकार सम्बन्धमा नेपालको संविधानमा रहेको ब्यबस्था र अन्तर्राष्ट्रिय कानुनमा रहेकोे आदिवासीको भुमी अधिकार सम्बन्धमा चर्चा गरिएको थियो ।




















