नेपाली दूतावासको सहयोगमा १७ वटा मृत शव र घरफिर्ती केन्द्रमा रहेका ४० जनालाई स्वदेश फर्काइदैँ।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर (मलेसिया):= कोरोना भाइरसको माहामारीको कारण बिगत लामो समयदेखि मलेसियामा अड्केर बसेको मृत नेपालीहरुको शव अन्ततः मलेसिया स्थित नेपाली दूतावासको सहयोग,समन्वयमा नेपाल (स्वदेश) फर्काइने भएको छ।

मलेसियामा विभिन्न कारणबँस कोरोना संक्रमणको बिचमै ज्यान गुमाएका दुई दर्जनबढी नेपाली कामदारहरुको शव प्राबिधिक कारणले मलेसियामै अड्केर बसेको थियो ।

तर दुई दर्जन मृतकको शव मध्य आवश्यक कानुनी कागजी प्रक्रिया पूरा भैइसकेको अन्तिम दाहसंस्कारको लागी १७ वटा मृत नेपालीहरुको शव यहीँ डिसेम्बर ०४ तारिख , भोलि शुक्रबारको दिन हुने नेपाल एयरलाइन्सको फ्लाइटमार्फत स्वदेश फर्काउन लागिएको नेपाली दूतावासको द्धितिय सचिव प्रतिक कार्कीले मलाया खबरलाई जानकारी गराउनुभयो।

द्धितिय सचिव कार्कीले बताए अनुसार मलेसियाबाट नेपालसम्मको लागी दिनहु हुने स्याना-स्याना फ्लाइटमार्फत एकैचोटि धेरै मृत शव पठाउन एयरलाइन्सको क्षमता अनुसार नअटाउने भएकोले दूतावासले नेपाल सरकारसंग ठूलो वाइडबडीको माग सहित पत्राचार गरेका थियौं। “सरकार लगायत सम्बन्धित मन्त्रालयले दूतावासको माग पूरा गरेको छ , र एयरलाइन्स कम्पनीले पनि सहयोग गर्ने भएकोले सोही अनुरुप भोलि शुक्रबारको दिन बिहानको समयमा हुने नेपाल एयरलाइन्सको ठुलो फ्लाइटमार्फत अन्य नेपालीहरु संगै १७ वटा मृत नेपालीहरुको शव पनि स्वदेश फर्काउन लागिएको बताउनुभयो।”

साथै भोलिकै फ्लाइट मार्फत मलेसियामा विभिन्न कारणबँस जेल परेर सजाय पुरागरि स्वदेश फर्किनको लागी घरफिर्ती केन्द्रमा रहेका ४० जना भन्दा बढी नेपालीहरुलाई सकुशल स्वदेश फर्काउन लागिएको र बाँकी रहेका तर प्रक्रिया पूरा भैसकेका अन्य मृतकहरुको शव पनि पालैपालो गरि चाडैं स्वदेश फर्काइने द्धितिय सचिव कार्कीले बताउनुभयो।

पछिल्लोसमयमा कोरोना भाइरसको संक्रमणको बाबजुद पनि नेपाली दूतावासले नेपाली कामदारहरुको उद्धार र सहयोगको निम्ति उदाहरणीय कार्यहरु गर्दैआईरहेको छ।
कोरोना कहर सुरु भएदेखि अहिलेसम्म लगभग १८ हजार भन्दा बढी नेपालीहरु स्वदेश फर्किसकेको दूतावासले जनाएको छ।