बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाइए।

काठमाडौं:= अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएको छ । एन्फाले आगामी दिनमा आयोजना मैत्रीपूर्ण खेल र विश्वकप छनोटका खेललाई लक्षित गर्दै खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको हो । एन्फाले मंसिर २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने जनाएको छ ।

प्रशिक्षक योहान कालिन नफर्केका कारण कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो महिना बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेका खेलाडीसहित थप २४ जनालाई बन्द प्रशिक्षणमा बोलाउनुभएको हो ।

टोलीमा कप्तान विराज महर्जनसँगै फरवार्ड विमलघर्ती मगर, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी पनि फर्कनुभएको छ । यस्तै आदित्य चौधरीले तीन वर्षपछि टोलीमा पुनरागमन गर्नुभएको छ ।

बन्द प्रशिक्षणमा बोलाइएका गोलरक्षकमा किरणकुमार लिम्बू, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बू, रक्षकमा देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दीप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान हुनुहुन्छ ।

यस्तै मिडफिल्डरमा रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवि पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा र सुनिल बल हुनुहुन्छ ।

फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्जप्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अञ्जन विश्व, राजीव लोप्चन, आशिष लामा र प्रिजेन तामाङ हुनुहुन्छ ।