देशभर ह्वात्तै बढ्यो चिसो, यि स्थानमा आज वर्षा र हिमपात हुन सक्ने।

काठमाडौं:= केहीदिनदेखि मौसममा आएको परिवर्तनका कारण देशभर चिसो ह्वात्तै बढेको छ । देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईको भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताइरहेका बेला आज मुलुकका विभिन्न स्थानमा हिमपात र वर्षा हुने संभावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान गण्डकी, वागमती, प्रदेश २ र १ का अधिकांश भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

विभागका अनुसार आज दिउँसो प्रदेश १, २, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एकर दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार आगामी २४ घण्टामा गण्डकी, वागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू९भागका थोरै स्थानमा हल्का हिमपात हुन सक्नेछ ।