कुमारी श्रेया,
समा खेल गेली,
भउजो सन सहेली,
हो… भैया जीब हो,
हो… जुग जुग जीब हो…।
यस प्रकारको लोकगीत नृत्यका साथ तराईको आदिवासी भुुुुमिपुुुत्र् थारु र मधेसी मैथिली समुदायले मनाउने समाचकेवा पर्वको रमझम गाउँ घरमा सुुुुरु भैसकेेको छ् । कात्र्तिक शुक्ल पञ्चमी अर्थात् आदित्य पर्व छठको खरना दिनमा माटोबाट समा, चकेवा, चुगला लगायत विभिन्न आकृति तथा भाडाकुडा बनाएर आकर्षक रंगरोगन गरी बा“सको डाला सजाइन्छ । नेपालको तराई क्षेत्रमा विशेषगरी मैथिली समाजमा कात्र्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म दिदिवहिनीहरुले आफ्ना दाजुभाईहरुको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै बडो हर्षो उल्लासका साथ यो पर्व मनाइन्छ ।
हिन्दु धर्मलाई सबभन्दा पुरानो र सनातन धर्म मानिन्छ, त्यसमा पनि मिथिला भुमि सुनमा सुग्न्ध भए झै हुन्छ । कला र संस्कृतिको धनी थारु समुुदाय र मिथिलामा यतिञ्जेल चाडपर्वको क्रम निरन्तर चलिरहेको छ । महाप्राण, ब्रहमेरुपी छठको सुभाष सेलाउन नपाउदै भाइवहिनीको अतिप्रिय, मनोहारी लोकपर्व समाचकेवाले पर्वको रुपमा स्थान ओगटेर बसेको छ । यो पर्व अन्य पर्व भन्दा अलिकति फरक ढंगले मनाइने गरिन्छ । थारु र मैथिलि समुदायका दिदिवहिनी, छोरीबुहारी, आमा तथा हजुर–आमा सहित सम्पूर्ण महिला वर्गहरु घरको कामकाज सकेर रात्रीको समयमा एकजुट भएर घरको आंगन वा खुल्ला ठाँउमा गएर समा खेलने गर्छिन् । दाजुभाई हुने वहिनीहरुले आ–आफ्नो छुटाछुटै समा र डाला बनाउने गर्छिन ।


पर्व तिहार हाम्रो पूर्वज कालदेखि चलि आएको एउटा प्रथा हो, जसको विधि र व्यवहार समुदाय र व्यक्ति विशेष अनुसार फरक हुन सक्छ तर सबैमा श्रद्धा, विश्वास, उत्साह, उल्लास, धैर्य, संयम इन्द्रिय शक्तिको रुपमा दृष्टिगोचर हुन्छ । संवाद आदान–प्रदान गर्ने सहज, सरल तथा भाव–अभाव सहितको माध्यमलाई लोकगीत र लोकमन्त्र भनिन्छ । छोरीको चरित्रमा रहेकी समा खरनाको दिन आफ्नो माइती आउ“छिन् र सोहि दिन देखि समा खेलिने गरिन्छ । पौराणिक कथा अनुसार द्धापर युगमा भगवान श्रीकृष्णले छोरी समा परपुरुषसंग लागेको भनी कसैले लगाएर भनेको कुरा पत्याई छोरीलाई चरा हुने श्राप दिएकोले छोरी “समा” चरा बनिन् । समाको यस्तो दुर्दशा देखेर उसको भाईले ठूलो जपतप गरेर आफ्नी वहिनीलाई पुनः मानव रुपमा ल्याए । भाईको उपकारबाट प्रशन्न भई वहिनीले नानाथरी मेवा–मिष्ठान खुवाई भाइको आयु, आरोग्यको कामना गर्दै समाचकेवा पर्व मनाउन थालिएको हो ।


हाम्रो समाजमा पनि विभिन्न थरीका मानिसहरु हुन्छन् । जसरी समामा चुगला भन्ने पात्रले जहिले पनि यताको कुरा उता लगाउने, कुभलो सोच्ने वा गर्ने भएतापनि भाईवहिनीविचको आपसि सदभाव, विश्वासले गर्दा उनीहरुको संबन्ध सुमधुर बनिरहन्छ । समाखेलको अवद्यिभरि महिला दिदिवहिनीहरुले विभिन्न गीत, संगीतको माध्यमबाट आ–आफ्नो दाजुभाईको लागि आयु, आरोग्य, सुख, सौभाग्य तथा तेज–ओजको कामना गर्छिन्, भन्ने चुगलारुपी पात्रलाई गाली, गलौचका साथै उसको ज“ुगा दाढीमा आगो लगाई समाजमा व्याप्त कुरीतिलाई भगाउने प्रयास गर्छिन् ।

नौं दिनसम्म निरन्तर खेलिने समापर्व कात्र्तिक पूर्णिमाको दिन दिदिवहिनीले घरको आँगनमा नवग्रहबाट बनेको अरिपन बनाई पिढिंमा बसाएर दाजुभाइलाई माटोबाट बनेको वृन्दावन, चुगला लगायतका माटोको मुर्ति घुडामा राखेर तोडन लगाउछन् । त्यसपछि आ–आफ्नो दाजुभाइलाइ चिउरा, दहि , मिष्ठान लगायत मिठो परिकार खान दिन्छन् । तत्पश्चात दाजुभाइले आफ्नो क्षमता अनुसारको धनराशि, गरगहना, वा अन्य सामग्री दिदिवहिनीलाई उपहार स्वरुप भेट दिन्छन् । अन्त्यमा महिला दिदिवहिनीहरुले समालाई विदाई गर्न घरको आँगनबाट डाला लिई गीत गाउदै खन्नजोत गरेर राखिएको खेतबालीमा लगेर विसर्जन गर्ने गर्छन् । यो पर्वको मुख्य उद्देश्य भाइवहिनी विचको माया, स्नेह र विश्वासलाई सदैव सुमधुर वनाई राख्नु हो ।
चाडपर्वको माध्यमबाट महिलाहरु घरगृहस्थीको कामकाज संगसंगै मनोरञ्जका लागि पनि समय निकाल्ने गर्छिन । जीवनलाई सुर, संगीतसँग तालमेल मिलाएर आफ्नो दिनचर्यालाई उत्साहमय बनाइराखछिन् । वर्तमान आधुनिकतामा रमिएका छोरीचेलीहरु आ–आफ्नो अमूल्य संस्कार र संस्कृतिबाट टाढिदै गइरहेका छन् । रात्रीमा पनि पूर्णिमाको जुनझै भल्किने हाम्रो संस्कृतिमा लौकिक र अलौकिक शक्ति विराजमान छन् । हरेक चाडपर्वले जीवन जीउने शैली र कला सिकाउ“छ, तसर्थ परम्परा र संस्कृतिलाई बचाई राख्नु आजको आवश्यकता हो ।





















