मलेसियाको काजाङमा इमिग्रेशनको छापामारीमा ९ जना अबैधानिक नेपाली संगै १४१ आप्रवासी पक्राउ।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको काजाङ भन्ने ठाउँमा अवस्थित प्लाजा हेन्तियान नामक अपार्टमेन्टमा मलेसियन अध्यागमन बिभाग (इमिग्रेशन) ले छापा हानी भिसाको म्याद सकिएको , अबैधानिक (इलिगल) नेपाली संगै अन्य विदेशीमुलको श्रमिकहरुलाई पक्राउ गरेको छ।

हिजो मंगलबारको दिन बिहान ०८:०० बजेदेखि अध्यागमन बिभाग,आर्मी फोर्स,रेला,बोम्बा लगायतको सुरक्षा निकायले सुरु गरेको एक विशेष अप्रेसनको क्रममा १४१ जना अबैधानिक विदेशी श्रमिकलाई पक्राउ गरिएको अध्यागमन बिभागले एक प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै जनाएको छ।

पक्राउ पर्नेहरुमा इन्डोनेसियन नागरिक ६५ जना , म्यानमारको नागरिक ५९ जना , नेपालको नागरिक ९ जना र अन्य देशको ८ जना गरि जम्मा १४१ जनालाई पक्राउ गरि पालैपालो सबैको कोरोना भाइरस ( कोभिड-१९ ) सम्बन्धि पिसिआर चेकजाँच गर्दै काजाङको सेमेन्ही डिटेन्सन सेन्टरमा राखिएको बिभागले जनाएको छ।

मलेसियाले पछिल्लो समय कोरोना संक्रमणको बिचमै पनि आप्रवासी अबैधानिक श्रमिकहरुको विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै धमाधम पक्राउ गर्दै जेल चलानको साथसाथै डिपोर्ट गर्दै आइरहेको छ।

[ photo source : malaysian imigressen department ]