मलेसियामा लोरीले भ्यानलाई ठक्कर दिदा गाडी दुर्घटनामा परि नेपाली श्रमिक राजु गम्भीर घाइते।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेलाङ्गर राज्यमा पर्ने वाईस्पोट ठाउँमा अवस्थित गोल्डकोइन स्पेसलिस्ट नामक कम्पनीमा बिगत ९ बर्षदेखी काम गर्दै आएका एक नेपाली कामदार गाडी दुर्घटनामा परि गम्भीर घाइते भएको छ।

हिजो नोभेम्बर २३ तारिख सोमबारको दिन दिउँसो करिब ०३:०० बजेतिर कम्पनीको भ्यानमा बसेर ड्युटी जाने क्रममा सडकको घुम्तीमा बिपरित दिशाबाट आइरहेको लोरीले भ्यानलाई ठक्कर दिदा गाडी दुर्घटनामा परि झापा दमक निवासी अन्दाजी उमेर ४३ बर्षिय नेपाली कामदार राजु क्ष्रेष्ठ गम्भीर घाइते भएको सोही कम्पनीमा कार्यरत अजित बिकले जानकारी गराउनुभयो।

[ तस्बिरमा दुर्घटना भन्दा पहिले राजु क्ष्रेष्ठ ]

जानकारी अनुसार दुर्घटनामा परेका राजु सकुशलनै रहेको तर ढाड र टाउकोमा गम्भीर चोटपटक लागेको साथै एउटा् खुट्टा भाचिएको बताइएको छ। गम्भीर घाइते राजुको उपचार अहिले स्थानीय अस्पतालमा भैइरहेको र खुट्टाको अपरेसन लगायतको आवश्यक सम्पुर्ण स्वास्थ्य चेकजाँच समेत अस्पतालको डाक्टरले गरिरहेको कम्पनीले बताएको कुरा अजित बिकले मलाया खबरलाई जानकारी गराउनुभयो।

[ तस्बिरमा गाडी दुर्घटनामा परि गम्भीर घाइते भएका राजु क्ष्रेष्ठ ]