जनताका चाहनामाथि तुषारापात गर्नेलाई क्षमा मिल्दैन प्रवासी नेपाली एकता मंच मलेसियाका सचीव दयाराम कुमाल।

मलेसियामा लामो समय देखि ब्यबसाय गर्दै आएका प्रवासी नेपाली एकता मंच मलेसियाका सचीव दयाराम कुमाल नेपालको केन्द्रिय राजनीति आम सर्बसाधारण जनताको चाहाना माथि तुषारापात गरेको भन्दै सामाजिक संजाल फेस्बुक मा असन्तुष्टि जनाउदै स्टाटस लेखेका छ्न ।

प्रवासी नेपाली एकता मंच मलेसियाका सचीव दयाराम कुमाल ले लेखेको स्टाटस जस्ताको त्यस्तै

आदरणीय शिर्ष नेतागणज्यु हरु अनि सम्पुर्ण पार्टी आवद्द प्रतिनिधि साथिहरु तथा प्रजातान्त्रिक प्राप्तिका लागि समाहित हुनु भएका सबै तप्काका अभिभावक ,बुद्धिजीवी ,ब्यवसायी अनि बिद्यार्थी साथिहरुमा हार्दिक अभिवादन ! आज जनताले हर्ष र उमंग आशाका साथ नेकपालाई दुई तिहाई नजिक पुर्याइ सत्तासिन गराएको कुरा सर्वबिदितै छ। तर आज जनता र रास्ट्रको लागि कसम खाएर युद्दको मैदान देखि जनताको मतदान बाट सत्तासिन हुन पुग्नु भएका आदरणीय नेतागणज्यु हरु बाटै गुट उप गुट को खेती भएको हामिलाइ महशुस हुनु स्वाभाविक हो किन कि हरेक एन जि ओ हरु मार्फत नै आफ्नो गुट चलायमान गराउन खोज्नु नै हाम्रो संगठनका लक्ष्यहरुको बाधक नै थियो ।

आज यसको परिणामस्वरूप नेकपाले जनताबिच गरेको समृद्धि का वाचा रुको अवरोध हुने गरि आफू आफू बिचको द्वन्द्वले बिकास निर्माणका कामहरुको प्रगति पथलाई धक्का पुग्ने गरि सम्पुर्ण कार्यकर्ता अनि जनताको चाहनालाई तुषारापात गर्ने कार्यहरूलाई कदापी क्षमा मिल्ने र पाइने कुरा त हुनै सक्दैन । जनता जनार्दन हुन र पार्टी कार्यकर्ता भनेको रक्तकोश हुन र गुट उपगुट, भाइबन्दि अनि आसेपासेको भरपोसण गर्नु हुंदैन भनेर स्कुलिंग गरेको कुरा अझै मानस पटलमा ताजै छ कमरेडहरु। अब सम्पुर्ण कार्यकर्ता र जनताको भावना बिपरित जनस्तरमा गएर आफ्नो आफ्नो कुण्ठाहरु पोख्ने अनि एक अर्काको कटाक्ष गर्नको लागि पट्क्कै तंपाहरुलाइ जनता र कार्यकर्ताले जिम्मेवारी दिएको कदापी होइन र त्यो कुर्सीमा सबै जिम्मेवारी बहन गर्ने गरि जनताको बिचमा परिवर्तनको बाहक बनी समृद्धि को एजेन्डा हरु लिएर आउन जनादेश हो र रास्ट्रको अभिलाषा हो। नेतागणहरु प्रजातन्त्र प्राप्तिको लागि सबैको आआफ्नै योग्दान छ तर अंहकार बोकेर कतै पार्टिको टुट्फुट चुरिफुरी छ भने त्यो धेरै महंगो पर्नेछ भन्ने परास्थिती बिगतको इतिहास र घट्नाक्रम अवगत नै छ । नेतागण हरु गरिमामय संसद देखि गाउंपालिकाको जनस्तरमा गएर नेतृत्वदायीहरु बिचको खिचतानी मिलाउने साधारण कार्यकर्ता र नेपाली जनता भन्दा बाहिरको कुरा हो। सचिवालय, स्थायी समिती अनि केन्द्रिय कमिटीलाई निकम्मा बनाउंदा जुत्ता खोली कांडाघारिमा हिंडदाखेरी बिजाउनु स्वभाविक जस्तो लाग्छ

अहिलेको परस्थिती जंगलको मृगको लंडाइले बाघको खजाना भन्नू अत्युक्ति नहोला भन्न सकिंदैन । अब यस्तो परस्थितीको सृजना भएको अवस्य यिनै हामी साधारण कार्यकर्ता बाटै हो नै भने कार्वाही गर्नुस् र लाखौं सदस्य कार्यकर्ता कार्वाही भोग्न तयार हुनेछौं ,नत्र यो परस्थिती सृजना गर्ने नेतृत्वदायी अंगहरु हुन भने कार्वाही कसले गर्ने त्यो त जनता र कार्यकर्ताको प्रतीक्षा हुनेछ। सम्पुर्ण कार्यकर्ता र जनताको बिचमा गुट अनि उप गुट को एक अर्कामा कटाक्ष हुने खालको बिचार प्रकट नेतृत्वदायी पदाधिकारीमै छलफल चलाइ निष्कर्षमा पुगि जनता र हामी कार्यकर्ताको बिचमा आउनुहोस् ,सयौं फुलको थुङ्गाको फुलमाला लिएर स्वागत गर्नेछौं । सार्वजनिक मंचमा गुटबन्दीको पक्षपोशण रवाफ,बिचार प्रकट गर्दा इमान्दार देशभक्त कार्यकर्ताको लागि सहज हुने छैन कमरेडहरु । आउँदा दिन हरु मा अवस्य पनि ओलि पक्ष , प्रचण्ड पक्ष ,माधव नेपाल पक्ष अनि वामदेव कमरेड, झलनाथ कमरेड हरुलाई इंङिगत सहितको कटाक्षपुर्ण मनतब्यहरु व्यक्त गरेको सुन्न नपरोस् र नेकपा एक ढिक्का भै समृद्धि को नारा घन्किएको सुन्न परोस!! जनताको जनादेशलाइ शिरोधार्यगरि परिपुर्णताको शिखरमा अघि बढाउनु हुनेछ
यी मेरा अत्यन्त निजि बिचार भावना ओतप्रोत भएको सहर्ष जानाकारिका साथ

दयाराम कुमाल
सचिब
प्रवासी नेपाली एकता मंच ,मलेसिया