[ दिपेन्द्र कार्की बस्ताकोटी ]
दैलेख := रोजगारिको शिलशिलामा मलेसियामा गत असोज २३ गते मृत्यु भएका दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका ६ लैनचौरका ३४ वर्षिय हिम बहादुर शाहीको परिवारलाई मलेसियामा रहेका युवाहरुको एक समुहले आर्थिक सहयोग संकलन गरि प्रदान गरेको छ।
३ वर्ष अघि मलेसिया पुगेका शाहीको अकस्मात मृत्यु भएको थियो । शाहिको मृत्यु या हत्या अझैँसम्म खुल्न सकेको छैन । करिब एक महिना पश्चात शवलाई नेपाल ल्याई दाहसस्कार गरिएको थियो । चामुण्डाबिन्द्रासैनी नगरपालिका लगाएत विभिन्न ठाँउबाट रोजगारीको शिलसिलामा मलेसियामा रहेका २४ जना युवाहरुले खाजा खर्च वापतको रकम जम्मा गरि टिभि टुडे दैलेख मार्फत मृतकका घरपरिवारलाई उक्त रकम प्रदान गरिएको छ।
प्रवासि एकता सहयोगी समाज चामुण्डाबिन्द्रासैनी नामको एक समुह गठन गरि उक्त रकम सहयोग गरिएको हो । ११औँ दिनको पुण्य तिथिको अवसरमा सो रकम मृतक शाहीका नावलक छोराहरु र श्रीमतीलाई आफन्तहरु र घरपरिवारको रोवबरमा प्रदान गरिएको हो।
रकम हस्तान्तरणको क्रममा घरपरिवारले सहयोगी युवाहरुलाई धन्यवाद प्रदान गरेका छन । प्रवासमा रहेर पनि आफ्नो खाजाखर्च बचाएर सानोसानो सहयोग बाट जम्मा भएको रु.८१४२१। रुपयाँ सहयोग स्वरुप प्रदान गरिएको हो । मृतक शाहीको घरमा दुइ छोरा र एक श्रीमती छन।
सहयोग गर्नेहरुको नमावली निम्न प्रकारको रहेको छ :
राजेन्द्र बहादुर शाही— चामुण्डाबिन्द्रासैनी न.पा.४ दैलेख ,हाल मलेसिया
गणेश बहादुर शाही — चामुण्डाबिन्द्रासैनी न.पा.३ दैलेख ,हाल मलेसिया
भिम बहाददुर शाही— चामुण्डाबिन्द्रासैनी न.पा.४ दैलेख ,हाल मलेसिया
लोकेश कुमार शाही— चामुण्डाबिन्द्रासैनी न.पा.६ दैलेख ,हाल मलेसिया
तर्क बहादुर शाही — चामुण्डाबिन्द्रासैनी न.पा.६ दैलेख ,हाल मलेसिया
गणेश बहादुर भण्डारी—चामुण्डाबिन्द्रासैनी न.पा.६ दैलेख ,हाल मलेसिया
राजन शाही — चामुण्डाबिन्द्रासैनी न.पा.६ दैलेख ,हाल मलेसिया
गणेश बहादुर शाही— चामुण्डाबिन्द्रासैनी न.पा.६ दैलेख ,हाल मलेसिया
महेन्द्र कुमार विष्ट— चामुण्डाबिन्द्रासैनी न.पा.६ दैलेख ,हाल मलेसिया
अंगत कुमार भण्डारी—चामुण्डाबिन्द्रासैनी न.पा.६ दैलेख ,हाल मलेसिया
नमराज थापा— चामुण्डाबिन्द्रासैनी न.पा.५ दैलेख ,हाल मलेसिया
सौरब कार्की— चामुण्डाबिन्द्रासैनी न.पा.५ दैलेख ,हाल मलेसिया
प्रेम बहादुर बिक— चामुण्डाबिन्द्रासैनी न.पा.६ दैलेख ,हाल मलेसिया
मदन बहादुर शाही — चामुण्डाबिन्द्रासैनी न.पा.४ दैलेख ,हाल मलेसिया
निरक शाही— चामुण्डाबिन्द्रासैनी न.पा.४ दैलेख ,हाल मलेसिया
झक्क बहादुर शाही— चामुण्डाबिन्द्रासैनी न.पा.६ दैलेख ,हाल मलेसिया
सुर्य कुमार शाही — चामुण्डाबिन्द्रासैनी न.पा.६ दैलेख ,हाल मलेसिया
रिम बहादुर खड्का— तुल्सिपुर उपमहानगरपालिका ३ दांग ,हाल मलेसिया
राज कुमार थापा — दुल्लु नगरपालिका २ दैलेख ,हाल मलेसिया
DXN चन्द्रभुमी पुन मगर— भेरीगंगा ५ सुर्खेत ,हाल मलेसिया
बलदेव पुरी —दुल्लु नगरपालिका ९ दैलेख ,हाल मलेसिया
राजेन्द्र भण्डारी— झाँपा,पुर्व अध्यक्ष प्रवासिय नेपाली मञ्च मलेसिया
पुर्ण बहादुर शाही —विरपथ ,अछाम ,हाल मलेसिया
टेक बहादुर बुढा— नेपाली राजदुतावास मलेसिया ,हाल मलेसिया




















