नेकपा सचिवालय बैठक सुरू, प्रधानमन्त्री ओली पनि उपस्थित।

काठमाडौं:= नेकपा सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरू बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्।प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म आजको बैठक सार्न खोजेका थिए। तर बहुमत सचिवालय सदस्यले बैठक गर्नुपर्ने अडान लिएपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन्।

( तस्बिर : प्रधानमन्त्रीको सचिवालय ]

यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकले स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय गरेको थियो।सचिवालय बैठकमा एकतर्फी रूपमा प्रचण्डले प्रतिवेदन पेश गरेको भन्दै प्रधानमन्त्री ओली आक्रोशित बनेका थिए।

प्रधानमन्त्री ओलीनिकट नेताहरूले प्रचण्डले राजनीतिक प्रतिवेदन फिर्ता लिनु पर्ने बताउँदै आएका छन्। सचिवालय बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्री ओलीले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए।