नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक १० दिनपछि पुनः बस्ने।

काठमाडौं:= सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनलाई स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठक १० दिनपछि १३ गतेको दिन फेरि बस्ने गरी सकिएको हो ।

अर्को बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको नयाँ प्रस्ताव तयार गरेर बैठकमा प्रस्तुत गर्नुहुने निर्णय भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो । सचिवालय बैठकको विषयबारे थप छलफल र अनुमोदन गर्न १८ गते विहिबार स्थायी कमिटी बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, केन्द्रीय कमिटीको बैठक २५ गतेका लागि सार्ने निर्णय गरिएको छ । यसअघि केन्द्रीय कमिटी बैठक १५ देखि १७ गतेसम्म बस्ने तय भएको थियो ।