काठमाडौं := मंगलबार बेलुका सामाजिक संजालमा एउटा भिडियो भाइरल बन्यो। टिकटकमा आफूलाई निकिशा श्रेष्ठ बताउने श्रेष्ठ बाटोमा हिँड्दै गर्दा बाइकमा आएका केही व्यक्तिले दुर्व्यवहार गरे। उक्त भिडियो सार्वजनिक भएपछि समाजिक संजालमा व्यापक विरोध भएको थियो।
टिकटकमा @bishesh-१२३ नामको एकाउन्टबाट आएको उक्त भिडियो सार्वजनिक भएको छ।ती व्यक्तिले श्रेष्ठमाथि पटक-पटक जिस्काएको भिडियोमा देखिएको थियो। सम्बन्धित व्यक्तिले सडकमा दुर्व्यवहार गरेको भन्दै नेपाल प्रहरीलाई रिपोर्ट भएपछि प्रहरी प्रधान कार्यालय छानबिनको लागि अग्रसरता देखाएको छ।
बुधबार साइबर ब्युरोलाई श्रेष्ठमाथि भएको दुर्व्यवहारबारे छानबिन र कारबाही गर्न निर्देशन दिएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए।
उक्त भिडियोमा श्रेष्ठमाथि जथाभावी अपशब्द बोलिएको छ। घटना कुन ठाउँ हो भन्ने एकिन नभए पनि व्यापक आलोचना पश्चात् यसबारे अनुसन्धान थालिएको उनले बताए। ‘सार्वजनिक ठाउँमा हिड्दा कोही व्यक्तिलाई अपशब्द बोल्नु, होच्याउनु गलत हो’, उनले भने, ‘हामीले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्छौं।’thaha khabar




















