[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया स्थित नेपाली दूतावासले नेपाली हिन्दु धर्मावलम्बीहरुको आसन्न चाडपर्व तिहार ( दिपावली ) , नेपाल सम्बत् र छठको अवसरमा मलेसिया,इन्डोनेसिया,फिलिपिन्स,ब्रुनाइमा रहेका नेपालीहरुमा शुभकामना सन्देश जारी गरेको छ।
नोभेम्बर १३ तारिख,शुक्रवारको दिन मलेसियाको लागी नेपाली राजदुत उदयराज पाण्डेद्वारा हस्ताक्षरित जारी गरिएको शुभकामना सन्देशमा लेखिएको छ , “विशेष दिन,घट्ना तथा अवसरहरुको सम्झना स्वरुप मनाइने यी मौलिक पर्वहरुले नेपाली र नेपालीहरु बिचको भातृत्व प्रेम र सदभाव अझै प्रगाढ बनाइ समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पूरा गर्ने स्वर्णिम कार्यमा समर्पित हुन थप प्रेरित गर्नेछ्न शुभकामना सन्देशमा उल्लेख गरिएको छ।
साथै यी चाडपर्वहरु अहिले विश्वब्यापी माहामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) को विषम परिस्थिति,संक्रमणलाई मध्य नजरगर्दै स्वयंमित भैइ मनाउन सन्देश मार्फत राजदुत पाण्डेले अनुरोध गरेको छ।

शुभकामना सन्देशमा थप लेखिएको छ , ” कोभिड-१९ को कारणले रोजगारी गुमाएका तथा मलेसियाको कानुन बमोजिम अबैधानिक रुपमा रहेका विदेशीश्रमिकहरुको ब्यवस्थापनको लागी मलेसिया सरकारले लागू गर्न थालेको नयाँ ब्यवस्था सम्बन्धमा आधिकारिक रुपमा सुचना प्राप्त हुनासाथ बिस्तृतमा जानकारी गराउने दूतावासले जनाएको छ।
यसै सन्दर्भमा भिसा/रोजगारी परिवर्तन गराईदिन्छु भनी विभिन्न प्रलोभनमा पार्ने ब्यक्तिहरुबाट सजग रहन र त्यस्तो किसिमको सुचनाहरु प्राप्त भएमा राजदूतावासमा समेत जानकारी गराउन राजदुत पाण्डेले सम्पुर्णमा अनुरोध गरेको छ।




















