[ आरएन चौधरी थारु/तिलोचन गौतम ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको सुबाङजाया भन्ने ठाउँमा रहेको भिलेज ग्रोसर (village grocer) सुपरमार्केटमा बिगत ८ बर्षदेखी कार्यरत एक नेपाली कामदारको सुत्यासुत्यै अवस्थामा मृत्यु भएको छ।
नेपाल ठेगाना सल्यान त्रीबेणि गाउँपालिका ५ निवासी रुपलाल कुँँवरको नोभेम्बर १२ तारिख, बिहीबारको दिनमा मृत्यु भएको संगै कामगर्ने अर्का एक नेपाली कामदारलेनै मलाया खबरलाई जानकारी गराएको छ।
बिहीबार बिहान संगै बस्ने सोही मार्केटमा कार्यरत अन्य नेपाली कामदारहरु काममा गएपछि रुपलाल भने रुममै एक्लै बसिरहेको थियो , केही समय पछिसम्म पनि रुपलाल काममा प्रवेश नगरेपछि अनुपस्थित भएपछि अन्य कामदार साथीहरूले सोधिखोजी गर्न थाले र रुपलालको फोनमा बारम्बार फोन गर्दा समेत फोन नउठेपछि रुममा फर्केर आएर हेर्दा सुतेकै अवस्थामा मृत् फ़ेला परेको बताएको छ।

जानकारी अनुसार रुपलाल अत्याधिक मदिरा सेवन गर्ने गर्दथे।
मृतक रुपलालको सव पोस्टमार्टमको लागि लगिएको र शवलाई नेपाल फिर्ता गराउनको लागि कम्पनीले पनि आवश्यक कानुनी,कागजी प्रक्रिया चलाइरहेको सोहि कम्पनिमा कार्यरत नेपालिले जानकारी दिएको छ।




















