एजेन्सी:= शाहरुख खान र सलमान खानका कैयौँ दर्शकहरुको इच्छा यि दुई स्टार कलाकारहरुलाई एकैसाथ देख्न पाउने भएको छ।
पछिल्लो समय शाहरुखका फिल्महरु एकपछि अर्को गर्दै फ्ल्प भइरहेको समयमा शाहरुखले सलमानसँग एउटै पर्दामा काम गर्ने निश्चित भएको बताइएको छ । जसको नाम हो फिल्म पठान । जसमा शाहरुख, सलमानका अलावा जोन इब्राहिम र दीपिका पादुकोण पनि देखिने छन्।
यसअघि सलमान खान शाहरुखको ‘कुछ कुछ होता हे’, ‘ओम शान्ति ओम’ मा देखिएका थिए जबकि सलमान खानको फिल्म हर दिल जो प्यार करेगा र ट्युबलाइटमा एकसाथ काम गरेका यि २ स्टार कलाकारको एकसाथको अभिनय रहेको फिल्म हेर्न दर्शकहरु उत्साहित भने पक्कै हुनेछन्।




















