सु.प.नेपाली समाजद्वारा बुढीगंगा नगरपालिकामा बिपन्न ५५ घरपरिवारलाई राहत सामाग्री सहयोग।

कैलाली:= बाजुरा बुढीगंगा नगरपालिकामा’ विभिन्न वडाका अति विपन्न ५५ घर परिवारलाई सुदूरपश्चिमेली नेपाली समाज हरुको सयुक्त अभियान मार्फत खाद्यान्न सामग्री वितरण गरिएको छ।

समाजले मंगलबार एक कार्यक्रमको आयोजना गरी बाजुरा बुढीगंगा नगरपालिका वडा नं १ ,२,४,५,६ र ७ वडामा रहेका अति विपन्न ५५ घर परिवारलाई खाद्यान्न (चामल दाल तेल नुन ) सामग्री वितरण गरिएको केन्द्रिय महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए ।

वर्तमान परिस्थितिमा पीडित परिवारहरुको समस्यालाई मध्यनजर गर्दै अति आवश्यक खाद्यान्न सामाग्री हरु उपलब्ध गराई केहि हद सम्म मल्हम लगाउने उद्देश्यले राहत वितरण गरेको केन्द्रिय अध्यक्ष धनबहादुर बलायरले बताए ।

विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपाली हरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा, खेलकुद लगायत विभिन्न परोपकारी कार्यको लागी ,सुदूरपश्चिमेली नेपाली समाजहरुको पहलमा स्थापना गरिएको आपतकालीन राहतकोष मार्फत उक्त राहत बितरण गरिएको महिला उपाध्यक्ष शुमि शाहीले बताउनुभयो ।

सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका नेपाल संयोजक चेतन थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बुढीगंगा नगरपालिका का मेयर दिपक विक्रम शाह रहनु भएको थियो।

यस्तै बुढीगंगा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष केशव बहादुर थापा ,सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय तदर्थ समितिका सदस्य भरत थापा,सुदूरपश्चिमेली नेपाली समाज कतारका संस्थापक सल्हाकार,भिम बहादुर बलायर, बाजुरा जिल्ला समन्वय समिति सदस्य हिक्मत थापा,समाज सेविहरु चक्र बलायर, वीर बहादुर रावल, शुशिला मिजार , रंग बहादुर खाती, संचारकर्मी तथा स्थानीयहरुको सहभागिता रहेको समाजका नेपाल संयोजक चेतन थापाले बताए।

यस परोपकारी कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण राष्ट्रिय समाज, कार्यकारी समिति पदाधिकारी तथा सम्पूर्ण सहयोगी हातहरुलाई सुदूरपश्चिमेली नेपाली समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको केन्द्रिय द-एसिया संयोजक एव प्रचार-प्रसार प्रमुख दिनेश खड्का’खप्तडी’ले जानकारी दिनुभयो ।