बाख्रा चराउन गएकी २८ वर्षीया शारदाको भिरबाट लडेर मृत्यु।

काठमाडौँ := भिरबाट लडेर की २८ वर्षीया शारदा कठायतको मृत्यु भएको छ । डोटीको दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ७ पाँकरीकी शारदा बाख्रा चराउन जाँदा भिरबाट खसेको आफन्तलाई जनाउँदै प्रहरीले बताएको छ ।

शारदा नाउटेपानी खोला आसपासमा बाख्रा चराइरहेकै समयमा चिप्लिएर भिरबाट खसेर मृत्यु भएको वडा अध्यक्ष कर्ण विष्टले जानकारी दिए । हाल उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।