संचारकर्मी रवि र उनकी श्रीमती निकितालाई कोरोना भाइरसको संक्रमण पुष्टि।

काठमाडौँ:= लोकप्रिय संचारकर्मी रवि लामिछानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। लामिछाने सहित उनकी श्रीमती निकिता पौडेललाई पनि संक्रमणको पुष्टि भएको रविले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको छ।

उनले फेसबुकमा लेखेका छन् गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो एऋच् टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ।

केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।