बलिउडका यी १० कलाकार, जसले आफ्नो गर्भबाट नभई सेरोगेसीद्वारा बच्चा जन्माए।

एजेन्सी := सेरोगेसी बच्चा नभएका दम्पतिको लागि एक उत्तम चिकित्सा पद्धतिको विकल्प हो । जब एक महिलाको गर्भाशय संक्रमण हुन्छ वा अन्य कुनै कारणले गर्भधारण गर्न असक्षम भएपछि सेरोगेसी पद्धतिबाट दम्पत्तिले सन्तान प्राप्त गर्न सकिन्छ । 

अझ यस सेरोगेसीलाई बुझ्ने भाषामा भन्नु पर्दा ‘कोख भाडामा’ लिनु हो । यस पद्धतिमा अन्य महिलाको पाठेघर भाडामा लिएर पुरुषको शुक्राणु र उक्त महिलाको अन्डाशयलाई निषेचित गराएर भ्रुणलाई भाडामा लिएको महिलाको पाठेघरमा राखिन्छ। हिजोआज यो पद्धतिलाई बलिउडका केही कलाकारले अपनाएका छन्। गएको फेब्रुअरी महिनामा बलिउड अभिनेत्री शिल्पा शेट्टी पनि यसै चिकित्सा पद्धतिबाट आमा बनेकी हुन्।  

बलिउडका १० कलाकार जो सेरोगेसीद्वारा आमा वुबा बने :

शिल्पा शेट्टी : पहिलो बच्चा नर्मल तरिका जन्माएकी शिल्पा शेट्टीले आफ्नो दोश्रो सन्तानका लागि सेरोगेसीको मद्दत लिएकी थिइन्।  उनी गत फेब्रुअरीमा सेरोगेसीको मद्दतबाट छोरीकी आमा बनेकी हुन्। उनले आफ्नो छोरीको नाम समीषा शेट्टी कुन्द्रा राखेकी छिन्।  

शाहरुख खान र गौरी खान : यी दुई बलिउड जोडीले पनि आफ्नो तेस्रो सन्तान सेरोगेसीमार्फत प्राप्त गरेका हुन्। यस पद्धतिको मद्दतले उनीहरुको तेस्रो सन्तान छोरा भएको थियो र उनको नाम अबराम खान राखिएको छ।  

आमीर खान र किरण राओ : यी दुई बलिउड जोडीले पनि सेरोगेसीको मद्दतबाट छोरा प्राप्त गरेका छन् । उनीहरुले सन् २०११ मा यस पद्धतिको मद्दतद्वारा छोराको सुख पाएका हुन्,  छोराको नाम आजाद राखेका छन्।  

करण जोहर : बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहर पनि यस पद्धतिबाट बुबा बनेका हुन्। उनी जुम्ल्याहा बच्चा यश र रहीका एकल बाबु हुन्।  जोहर अविवाहित हुन् । 

एकत्ता कपुर : टेलिभिजन जगतको चर्चित नाम हो एकत्ता कपुर। उनले यस पद्धतिको मद्दतले आमा बनेकी छिन्।  उनले आफ्नो छोराको नाम बुवा जितेन्द्रको असली नाम रवि कपुर राखेकी छिन्।  

सोहेल खान : सलमान खानका भाइ सोहेल खानले दोश्रो सन्तानको सुख पाउन यस पद्धतिको मद्दत लिएका थिए। सेरोगेसीद्वारा उनलाई छोरा प्राप्त भयो र उनको नाम योहान खान राखेका छन्।  

सन्नी लियोनी : सेरोगेसीद्वारा आमा बन्नेमा चर्चित पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी पनि पर्छिन्। सन् २०१८ मा यिनी जुम्ल्याहा बच्चाको आमा बनेकी हुन् । उनका दुई छोराको नाम अशर र नोआ हो।  

कृष्णा र कश्मीरा : यी दुई जोडीले पनि आफ्नो पहिलो सन्तान सेरोगेसीमार्फत प्राप्त गरेका थिए। यस पद्धतिद्वारा अभिभावक भने पछि उनीहरु आफुलाई निकै सौभाग्यशाली ठान्दछन्।  

श्रेयस तलपडे : वैवाहिक जीवनमा बाँधिएको १४ वर्षसम्म सन्तान प्राप्त नभएपछि यी दुई जोडीले पनि सेरोगेसीको सहायता लिए । जसबाट उनीहरु एक छोरीकी आमा बुवा बन्ने । 

तुषार कपुर : बलिउड अभिनेता तुषारले वैवाहिक जीवनमा प्रवेश नगरे पनि उनी अहिले एक छोराको बुवा बनेका छन्।  उनी आफु पिता हुन सेरोगेसीको मद्दत लिएका हुन्।  उनको छोराको नाम लक्ष हो

[ Advertise ]