माग कम भएसँगै कुभिण्डोको मूल्य घट्यो

काठमाडौं । बजारमा कुभिण्डोको माग कम भएपछि मूल्य पनि सस्तिएको छ । 

कोभिड संक्रमणको जोखिमका कारण मठमन्दिरहरु सर्वसाधारणका लागि बन्द छन् । 

नवरात्रिमा मन्दिर गई कुभिण्डोको विधिपूर्वक पूजाआजा गरी देवीदेवतालाई चढाउने चलन छ । तर भक्तालुहरुका लागि मठमन्दिरमा पूजाआजा गर्न रोक लगाइएपछि यस वर्षको दशैंमा कुभिण्डोको माग घटेको छ । कुभिण्डो खासगरी नवरात्रिको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्न र नवमीको दिन पशु बलि नदिनेहरुले कुभिण्डो बलि दिनका लागि प्रयोग गर्ने चलन रहेको छ । 

तर यस वर्ष कोभिड संक्रमणका कारण मठमन्दिर लगायत शक्तिपीठहरुमा पूजाआजा गर्न रोक लगाइएपछि कुभिण्डोको माग घटेको छ । माग घटेपछि मूल्यपनि घटेको छ । गत वर्ष एउटा कुभिण्डो झण्डै ४ सय रुपैयाँमा विक्री भएको तर यस वर्ष १ सय देखि १ सय ५० रुपैयाँमा पनि विक्री हुन नसकेको व्यपारीहरुले बताएका छन् ।

काठमाडौंको आरएनएसी क्षेत्रमा पुग्दा व्यपारीहरुले सडकमा कुभिन्डो विक्रीका लागि राखेको देखिन्छ भने कुभिन्नो किन्नेहरु देखिदैनन् । 

अघिल्लो वर्ष दुई तीन सयको संख्यामा कुभिन्डो विक्री भएको तर अहिले १०÷१५ वटा पनि विक्री नभएको गुनासो व्यवसायीहरुको छ ।