कक्षा १२ को परिक्षा मंसिर ९ गतेबाट सुरु हुने।

काठमाडौं:= राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । देशभर मंसिर ९ गतेबाट परीक्षा सुरु हुने बोर्डले जनाएको छ ।

बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । 

स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । परीक्षा मंसिर १६ गते सकिने छ ।