मलेसियामा तेल उत्पादक कम्पनीमा कार्यरत २४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि।

[ आरएन चौधरी थारु / तिलोचन गौतम ]


क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको सेलाङ्गर राज्य भित्र पर्ने पोर्ट केलाङ् भन्ने ठाउँमा अवस्थित तेल ( Palm oil ) उत्पादक कम्पनीमा कार्यरत स्थानीय मलेेसियन नाागरिक लगायत नेपाली श्रमिक,कामदारहरुमा कोरोना भाइरस ( कोभिड -19 ) को संक्रमण पुष्टि भएको छ।

सो कम्पनीमा कार्यरत एक कामदारले मलाया खबरलाई जानकारी गराएअनुसार कम्पनीमा कामगर्ने एकजना मलेसियन चाइनिज महिला रुघाखोकीबाट ग्रसित भैई बारम्बार दिनैपिच्छे कामबाट विदा लिने गरेपछि कोरोनाको आशँकामा यहीँ अक्टोबर महिनाको गत १२ तारिखको दिन अस्पतालमा स्वाब परिक्षण,चेकजाँच गराउदा कोरोना देखिएकोले बाँकी सम्पुर्ण कामदारको पनि स्वाब परिक्षण गरेपछि स्थानीय लगायत करिबकरिब ६० जना नेपाली कामदारहरु मध्य २४ जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको,पोजेटिभ देखिएको र बाँकी अन्य नेपालीहरु सुरक्षित रहेको बताएको छ।

जानकारी अनुसार कोरोना संक्रमण पुष्टि,रिपोर्ट पोजेटिभ देखिएका स्थानीय लगायत नेपाली कामदारहरूको कोरोना विशेष अस्पतालमा थप उपचार भइरहेको र रिपोर्ट नेगेटिभ आएका साथीहरू होम आइसुलेसनमा बसिरहेको जानकारी दिएको छ।

रोजगारदाता कम्पनीले पनि संक्रमितहरु संग सक्दो सहयोग सहकार्य राम्रै गरिरहेको र उपचारमा सघाउ पुर्याइरहेको होम क्वारेन्टाइनमा बसिरहेका एक कामदारले मलाया खबरलाई बताएको छ।

[ advertise ]