[ समीर मल्ल ]
काठमाडौ := २०७३ सालको असोज महिनादेखिनै त्रि.बि शिक्षण अस्पताल महाराजगँन्ज काठमाडौंमा उपचाररत बझाङ्ग जिल्ला केदारस्यु गाउँपालीका ४ मनिराज भट्ट्लाइ सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया थालनी गरेको मासिक सहयोग योजना अन्तर्गत ३२ हजार ८२४ रुपैया समाजका संरक्षक समीर मल्लको पहलमा संकलन गरिएको उक्त रकम मिर्गौला पिडित भट्टलाई हस्तान्तरण गरिएको महासचिब डम्बर विश्वकर्माले जानकारी गराउनु भयो।
भट्ट परिवारको दयनिय अबस्थाका बिच पनि साथिभाइ परिवारका दाजुभाइ तथा समाजहरुको सहयोगमा हप्तामा २ चोटि डायलोसिय गराएर काठमाडौ उपचार गराइरहनु भयको छ। विश्वभर माहारिको रुपमा फैलियको ( covid-19 ) कोरोना भाइरसका कारण जनजिबन प्रभावित भैरहेका बेला मिर्गौला पिडित भट्टलाई पनि यो समस्याले सताएको छ । मासिक (१०,००० ) नेपालमा दूध डेरिमा काम गरेर रुम भाडा र दुइ वटा छोराछोरीको खर्च धानी रहनु भएकी उहाकी धर्मपत्नी पनि छुटेपछी भट्टलाई खर्च धान्न गारो परेपछी समाजको सम्पर्कमा आएपछी उहालाई उक्त रकम सहयोग गरिएको समाजका कोषाध्यक्ष कैलाश बोहराले बताउनुभयो।

उक्त सहयोग रकम १ महिना अगाडि नै समाजसेवी तथा सिद्धार्थ बैंकमा ब्रान्च इन्चार्ज रबिन मल्ल ज्युलाई पठाइसकेको र मिर्गौला पिडित भट्ट र उहाकी धर्मपत्नी दुबैलाइ कोरोना पोजेटिभ भयपछी क्वारेन्टाइनमा रहेकाले उक्त रकम केही ढिला गरि हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष बोहराले स्पष्ट पार्नुभयो।
साथै सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले प्रबासमा रहेर पनि गाउँ समाजमा केही राहत पाएको अनुभूति होस भन्ने उदेश्यले मासिक रुपमा यो अभियान थालनी गरिईको र अभियान निरन्तर चलिरहने समाजका अध्यक्ष तुलाराम धामीले जानकारी दिनुभयो।

उक्त सहयोग कार्यक्रममा बिशेश सहयोग गर्नुहुने सुदूरपश्चिमेलि नेपाली समाज अन्तर्राष्ट्रिय समितिका द. एसिया संयोजक दिनेश खड्का, स्थापक तथा अन्तर्राष्ट्रिय सदस्य टेकबहादुर बुढा मलक्का राज्यसमितिका अध्यक्ष पदम राज जोशी र पेनाङ राज्यसमितिका बरिस्ठ उपाध्यक्ष दिपकराज जोशि लगायत नैतिक समर्थन गर्नुहुने तिन ओटै सु. प राज्यसमिति हरुलाइ धन्याबाद दिदै आगामी दिनमा पनि समाजका यस्ता मानबिय कार्यमा सहभागी हुन संरक्षक समीर मल्लले अपिल पनि गर्नु भएको छ।


















