[ तिलोचन गौतम ]
क्वालालम्पुर (मलेसिया), मलेसिया स्थित नेपाली दूतावास नजिकै सडकपेटीमा गत शुक्रबार अलपत्र अबस्थामा भेटिएका एक नेपाली श्रमिकको आज अक्ट्टोबर १८ तारीख आइतबार बिहान मृत्यु भएको छ।
अलपत्र अबस्थामा भेटिएका झापा दमक नगरपालिका ११ का रोहन राईलाई दुतावास र गैरआवासीय नेपालि संघ ( एनआरएनए )को संयुक्त सहयोग,सहकार्यमा उद्धार गरेर राजधानी नजिकै रहेको एक स्थानमा राखिएको थियो।


” गैरआवासीय नेपालि संघ मलेसियाद्वारा परिचालित सहयोगि कर्मचारी र दूतावासको सहयोगमा रोहन लाइ प्राथमिक चरणको उपचार क्वालालम्पुर स्थित क्लिनिक सेतियामा गराइ बिरामिलाइ कागजात र पहिचान स्पस्ट नखुलुन्जेल सम्मको लागी होस्टेलमा राखिएको र सोमबार उनको कागजात बनाइ थप उपचारको लागि हस्पिटलमा भर्ना गर्ने तयारीमा थियौं ” भन्ने कुरा दूतावास श्रोतले बताए।

थप आवश्यक कागजात र कानुनी प्रक्रिया पुरा नहुँदा समयमै ठुलो हस्पिटलमा भर्ना गर्न नसकिएकोले उनको मृत्यु भएको हुनसक्ने दूतावास श्रोतले स्पष्ट पारेको छ।
मृतक राइले आफू मर्नुभन्दा अगाडिको दिन आफु केहि दिन अगाडि मात्रै क्वालालम्पुरमा आएको र केहि मानिसहरुले संबेदनसिल अंगमा निर्घात कुटपिट गरेको बताएका थिए।


















