फिल्म मेकअप स्टुडियोको शुभारम्भ

काठमाडौं । ख्यातिप्राप्त अभिनेता सुनील थापा र अभिनेत्री करिश्मा मानन्धरले फिल्म मेकअप स्टुडियोको शुभारम्भ गर्नुभएको छ । राजधानीको अनामनगरमा फिल्म मेकअप स्टुडियो युनिसेक्स सलुनकोको कलाकारद्वयले उद्घाटन गर्नुभएको हो । मेकअप आर्टिष्टद्वय सन्तु तामाङ र श्याम बराल मिलेर यो स्टुडियो सञ्चालनमा ल्याउनु भएको हो । 

कपालदेखि नङसम्मको सबै प्रकारको सौन्दर्यसम्बन्धी तालिमका साथ सेवा प्रदान गर्नेगरी सन्तु र श्यामले सञ्चालनमा ल्याएको फिल्म मेकअप स्टुडियो युनिसेक्स सलुनको शुभारम्भ गर्दै अभिनेता सुनील थापा र अभिनेत्री करिश्मा मानन्धरले फिल्म क्षेत्रलाई जोडेर मेकअप स्टुडियोका साथमा सलुन सञ्चालनमा ल्याएकोमा खुशी व्यक्त गर्नुभयो । सन्तु र श्यामले आफैंले काम गरेको क्षेत्रसँग सम्बन्धित व्यवसायबाट अरूलाई पनि लाभ दिन मेकअप स्टुडियोका साथमा सुलन सञ्चालनमा ल्याएको बताउनुभयो ।

सन्तु र श्याम एकै विधाका गुरु–चेला हुनुहुन्छ । श्याम सन्तुका चेला अशोक रोक्काका पनि चेला हुनुहुन्छ । श्यामले अनामनगरमै यस प्रकारको स्टुडियो सञ्चालनमा ल्याउनुभएको थियो । त्यसैमा सन्तु थपिई सलुनका साथमा विभिन्न सेवाका साथ क्षेत्र थप गरी फिल्म मेकअप स्टुडियो युनिसेक्स सञ्चालनमा ल्याइएको हो ।

यसमार्पmत फिल्म मेकअपका साथमा सबैथरी मेकअप, हेयर स्टायल, फेसियल, मेडिकेयर र पेडि केयर, नेल आर्ट, मेहन्दीलगायतको तालिम र सेवा प्रदान गरिने श्यामले जानकारी दिनुभयो । चलचित्रको मेकअपको क्षेत्रमा नाम बनाउनुभएका सन्तु झण्डै चार दशकदेखि यो क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँले साढे दुई सय बढी फिल्ममा मेकअप गरिसक्नसभएको छ भने झण्डै तीन दशकदेखि क्रियाशील श्याम बरालले एक सयभन्दा बढी चलचित्रमा मेकअप आर्टिष्टका रूपमा काम गर्नुभएको छ ।