वैदेशिक रोजगार ठगीका फरार अभियुक्त पक्राउ

वैकाठमाडौं, वैदेशिक रोजगार ठगीका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिमबहादुर तामाङलाई पक्राउ गरी फैसला कार्यान्वनका लागि काठमाडौं जिल्ला अदालत काठमाडौंमा बुझाएको छ।  

सिन्धुपाल्चोक बलेफि घर भएका उनलाई प्रहरीले बौद्ध स्तुपा नजिकैबाट पक्राउ गरेको हो ।  ठगी मुद्दामा उनलाई वैदेशिक रोजगार न्यायाधिकरणले २०७४ भदौ ११ गते १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना ठहर गरेको थियो ।