मलेसियामा कोरोनाले आजमात्रै ४३२ जना नयाँ संक्रमित,जम्मा १२ हजार ८१३ जना संक्रमित।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस ( कोभिड-19 ) ले संक्रमित हुनेको संख्या १२ हजार ८ सय १३ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १३७ जना पुगेको छ।

आज अक्टोबर ०५ तारिख , सोमबारको दिन कोरोनाको कारण कुनै नागरिकको मृत्यु नभए पनि आजमात्रै ४३२ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज १३७ जना निको भएसंगै जम्मा १० हजार ३४० जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

हालसम्म २ हजार ३३६ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ। यो संख्यालाई हेर्दाखेरि पछिल्लो समयमा मलेसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या पुनः बढ्दै गैइरहेको देखाउछ।

मलेसियामा नियन्त्रण नजिक पुगेको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा पुनः वृद्धि भएपछि सरकारले संक्रमण बढीरहेको ठाउँ, एरियामा आवागमन नियन्त्रण आदेश , लकडाउन कडाइका साथ जारी गरेको छ।