बलिउडकि चर्चित नायिका तमन्ना भाटिया कोरोनाबाट संक्रमित।

बलिउडकि चर्चित नायिका तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टि भएको छ। दुई दिनअघि उनमा कोरोना भाइरसको लक्षण देखिएको थियो। सामान्य लक्षण देखिएपछि उनले कोरोना परीक्षण गरेकी थिइन्। 

तमन्ना हैदरावादमा एक वेब सिरिजको सुटिङ गरिरहेकी थिइन्। उनका आमाबुवालाई एक महिनाअघि कोरोना संक्रमण देखिएको थियो। हाल आमा बुवा कोरोना मुक्त भइसकेको छन्। भारतीय सन्चार माइमकाअनुसार तमन्ना बैंलोरको एक निजी अस्पतालमा भर्ना भएकी छन्।

विश्वभर चर्चा कमाएका बहुप्रतिक्षित भारतिय फिल्म बाहुबलीकि मुख्य नायिका हुन तमन्ना भाटिया। साथै दक्षिण भारतिय फिल्ममा समेत तमन्ना जमेकी नायिका हुन।