ओस्करमा नेपाली फिल्मको आहृवान

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३औं एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्स (ओस्कार अवार्ड)मा सहभागिताका लागि आवेदन खुला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै ओस्कारमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्र नेपालको ओस्कार कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ । 

हरेक वर्ष फेब्रुवरीमा हुँदै आएको ओस्कार अवार्ड यसपटक भने कोरोना महामारीका कारण दुई महिनापछाडि धकेलिएको थियो । यस वर्ष अप्रिल २५ का दिन लस एञ्जल्सको डल्बी थिएटरमा ओस्कार अवार्ड सम्पन्न हुनेछ । महामारीकै कारण ओस्कारले सहभागिताका लागि केही नियममा परिवर्तन गरेको नेपालको ओस्कार कमिटीका अध्यक्ष विमल पौडेलले जानकारी दिनुभयो । 

हलमा प्रदर्शन नभई सिधैं स्ट्रिमिङ साइटमा आएका फिल्मले ओस्कारमा सहभागिता जनाउन पाउनेछन् । नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेशनल फिचर फिल्म कार्यकारी समिति रहेको छ ।