मकवानपुर राक्सिराङ गाउपालिका का सुन बहादुर प्रजा ले गरे मलेसियामा आत्माहत्या।

वैदेशिक रोजगारीको लागि मलेसिया को जोहोर राज्यको मुहार मा काम गर्दै आएका मकवानपुर राक्सिराङ गाउपालिका का सुन बहादुर प्रजा ले आत्माहत्या गरेका छ्न।

मलेसियाको जोहोर राज्य को मुहार स्थित Kawasan Perindustrian Mukim Grisek,मा रहेको AIK CHEE furniture sdn.bhd नामक फर्निचर उद्योगमा काम गर्दै आएका सुन बहादुर प्रजा ले आइतबार साझ ६ बजे तिर कोठामा कोहि नभएको मौका पारी बाथ्रुम मा झुन्डिएरआत्माहत्या गरेको सोहि क्षेत्रमा ब्यबसाय गर्दै आएका नेपालि व्यावसायि ईस्वर खत्री ले जानकारी दिए।

कम्पनि श्रोतका अनुसार प्रजाले किन र केको लागि आत्माहत्या गरे भन्ने बारे थाहा नभएको र मृतक को शव परिक्षण तथा पोस्टमार्टम को लागि (तानगाक हस्पिटल मा लगिएको बताएको खत्री ले जानकारी दिए।

कम्पनि श्रोत का अनुसार परिवार को परामर्श र कानुनी सहायता बाट परिवारले चाहे सव स्वदेश फिर्ता गराइदिने बताएको छ ।