काठमाडौं। उद्योगपति चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उहाँले आफूमा कोरोना संक्रमण पाइएको र घरमा सुरक्षित आइसोलेसनमा बसेको बताउनुभएको छ ।
आइतवार गरेको स्वास्थ्य परीक्षणका क्रममा उहाँको सोमवार रिपोर्ट पोजेटिभ देखिएको हो ।
ढकालले आफूमाथि कुनै स्वास्थ्य समस्या वा लक्षण नदेखिएको बताउनुभएको छ ।
ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गर्नुभएको छ ।




















