रणवीर सिंहको निवेदनः ‘दीपिका एक्लै डराउँछिन् , सोधपुछमा मलाई सँगै बस्न दिइयोस्’।

एजेन्सी:= सुशान्त सिं’ह राजपूतको मृ,त्युको मामिलामा ड्र,ग्सको कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुलप्रित सिंहसँग सो’धपुछका लागि समन जारी गरेको छ । उनीहरुसँग २५ र २६ सेप्टेम्बरमा सोधपुछ गरिने छ। दीपिका पादुकोण बिहिबार राती गोवाबाट मुम्बई पुगिन्।

श्रीमान् रणबीर सिंह पनि उनीसँगै थिए । सुरक्षाका कारण उनी करिब ४५ मिनेट एयरपोर्टमा नै बसिन् । एनसीबीले दीपिकालाई शनिबार सोधपुछ गर्नेछ। स्रोतका अनुसार राणवीरले एनसीबीसँग निवेदन दिए का छन् । उनले निवेदनमा सोधपुछको क्रममा आफू पनि दीपिकासँगै बस्न चाहेको बताएका छन् । उनकी श्रीमतीलाई कहिलेकाँही ड’र लाग्ने भएकोले उनलाई सँगै बस्न अनुमति दिइयोस् भनेर निवेदन दिइएको छ।

रणवीरले भने, ‘हामी कानूनलाई पालना गर्ने नागरिक हौं । थाहा छ कि नियममा अनुस’न्धान भइरहेका बेला अर्को व्यक्ति बस्न सक्दैनन् तर पनि एनसीबीको कार्यालय भित्रसम्म जाने अनुमति भने दिनु पर्छ ।’ यद्यपि, उनको यो अपिलमा अहिले पनि कुनै निर्णय भएको छैन । यसअघि दीपिकाले एनसीबीको नोटिसको जवाफमा उनले आफू सोधपुछमा समावेश हुने र अनुसन्धानलाई सहयोग गर्ने बताएकी थिइन्।