जिब्रो चिप्लिने समस्या भएका नेपाली यी ५ सेलिब्रेटीहरु।

काठमाडौं := नेपाली फिल्म क्षेत्रका धेरै जसो कलाकार अभिनयलाई लिएर भन्दा पनि बोलिलाई लिएर चर्चामा आउने गरेका छन् । कोही होस् नपुर्‍याएर बोल्दा विवा दमा तानिएका छन् भने कोही बढी बोलेर । कलाकारको बोल्ने तरीकालाई मध्यनजर गर्दै नेपाल कलाकार महासंघले समेत सम्यमीत भएर आफ्नो कुरा खाख्न आग्रह गरेको छ । बोलिका कारण वि वादमा आएपछि कलाकारहरुले भने माफी माग्दै जिब्रो चिप्लिएको बताउने गरेका छन् ।

नेपाली सिनेमाकी चर्चित अभिनेत्री प्रियंका कार्किदेखि हाँस्यकलकारबाट नेपाली फिल्ममा प्रवेश गरेकी दिपाश्री निरौला समेत आफूले दिएको अभिव्यक्तिका कारण विवा दमा परेका छन् । जिब्रो चिप्लिने विषयमा नायिकाबीच होडबाजी चलिरहँदा प्रियंका कार्किले हालसम्म भने सबैलाई पछाडि पारिरहेकी छन् ।

दिपाश्री निरौला-

हास्य टेलीश्रींखला तीतो सत्यबाट चर्चामा आएकी दीपाश्री निरौला अहिले फिल्ममा समेत व्यस्त देखिन्छिन् । तर केही दिन अघि टेलिभिजन कार्यक्रममा उनले दिएको एक अभिव्यक्तिले भने उनको चर्को आलो चना भएको छ । राजेश हमाल महानायक भएका छन्’ भन्ने प्रश्नमा दीपाश्रीले जवाफमा राजेश हमाललाई महानायक स्यंम पत्रकारले बनाइदिएको हो भनेर प्रश्न गरेकी थिइन् ।

उनको आशय अनुसार राजेश हमाल महानायक नभएको बुझिएको थियो । यस अभिव्यक्तिपछि उनको सामाजिक सञ्जालमा चर्को आलो चना भइरहेको छ । आले चनापछि आफ्नो ग ल्ति स्वीकार्दै उनले माफी समेत मागेकी छन् । विवा दमा तानिएपछि दीपाश्रीको आग्रहमा टेलिभिजन च्यानलले युट्युबबाट उनको अन्तर्वार्ता हटाइदिएको छ ।

पूजा शर्मा-

नेपाली फिल्मकी सबैभन्दा महंगी नायिकाको सूचीम पर्न सफल अभिनेत्री पूजा शर्मा हालै दिएको एक अन्तर्वार्ताका कारण चर्चामा आएकी छन् । उक्त टेलिभिजन कार्यक्रममा उनलाई नेपालमा कति वटा जिल्ला र प्रदेश छन् भनेर प्रश्न गरिएको थियो । जसमा उनले १४ जिल्ला र ७२ प्रदेश भनेकी थिइन् ।

आफ्नो देशको जिल्ला र प्रदेशबारे सामान्य ज्ञान पनि नराखेको भन्दै अहिले उनको सामाजिक संजालमा चौतर्फी आलो चना भइरहेको हो । मासिहरुले आफ्नो देशको बारेमा सामान्य ज्ञान जो सुकैलेपनि राख्न पर्ने भन्दै पूजालार्इृ गाली समेत गरेका छन् ।

प्रियंका कार्कि-

अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्किले जिब्रो चिप्लिने विषयमा सबैलाई पछाडि पारेकी छन् । हरेक अन्तर्वार्ताहरुमा उत्साहित देखिने कार्किले एक अन्तर्वार्तामा आफू यूके, यूएस धेरै पटक गइसके तर अमेरिक भने पहिलो पटक आएको बताएकी थिइन् । सो भिडियो सार्वजनिक भए लगत्ते उनी समासजक सञ्जालमा हासोको पात्र बनेकी थिइन् । लगभग हरेक जसो अन्तर्वार्तामा कार्किको जिब्रो चिप्लिएको हुन्छ नै ।

यस्तै, अर्को अन्तर्वामामा पत्रकारले राजधानी कुन जिल्लामा पर्छ भनेर प्रश्न गर्दा कार्किले हाँस्दै काठमाडौ भनिन् । त्यसपछि काठमाडौ कुन जिल्लामा पर्छ भन्ने प्रश्नमा उनले बाग्मती भनिन् । छोटो समयमा दर्शकको मन जित्न सफल कार्किले अन्तर्वार्ताको समयमा जोशको साथमा होस गुमाएका देखिन्छ । कयौँ पटक जिब्रो चिप्लिएका कारण कार्कि सामाजिक सञ्जालमा ट्रोलको शिकार भएकी छन् ।

वर्षा राउत-

भारतले मिचेको नेपाली भूमी फिर्ताको विषयमा देशभर कुरा उठेको बेला विवादित अभिव्यक्ति दिएपछि नेपाली चलचित्रर्की लोकप्रिय नायिका वर्षा राउतले समेत चर्को आलो चना खेप्नु परेको थियो । एक युट्युव च्यानललाई अन्तर्वार्ता दिने क्रममा राउतले सीमाको विषय सरकारको रहेको र यसमा पत्रकारले नै झगडाको परिस्थिती खडा गरिदिएको बताएकी थिइन् ।

दुई देशका पत्रकार मिलेर झ गडा पारिरहेका कारण आफूलाई भारतीय साथीसँग सामना गर्न अप्य्यारो भएको राउतले बताएकी थिइन । उनको यस अभिव्यक्तिपछि चौतर्फि आ लोचना भएको थियो । जसका कारण वर्षाले आफूले भनेका कुरामा शब्द चयन राम्रो हुन नसकेकाले ग लत अर्थ लागेको भन्दै माफी मागेकी थिइन् ।

आस्था राउत-

चर्चित गायिका आस्था राउत आस्था राउतले गएको माघमा चर्को आलोचना खेप्नु परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट भद्रपुरतर्फ उड्ने तयारीका क्रममा महिला प्रहरीले आफुलाई दु र्व्यवहार गरेको बताउदै राउतले प्रहरीलाई फेसबुक लाइभमा तथानाम गाली गरेकी थिइन् ।

विमानस्थलमा आफुलाई महिला प्रहरीले दुव्यवहार गरेको भन्दै राउतले प्रहरीलाई ‘डन्ठे’, ‘प्युसा’, ‘प्युपा’, ‘बन्दुके’ जस्ता शब्द प्रयोग गर्दै रिस पोखेकी थिइन् । जसका कारण उनीविरु द्ध प क्राउ पूर्जि समेत जारीगरिएको थियो । चौतर्फी आलोचनापछि राउतले फेसबुकबाट भिडियो डिलिट गर्दैै माफी मागेकी थिइन् ।