साइप्रसमा पांच नेपाली महिला पक्राउ

 १८ सेप्टेम्बर २०२० साइप्रस प्रहरीले जालि कागजपत्र पेश गरि सिमाना पर गर्न खोजेको आरोपमा पांच नेपाली महिलालाई पक्राउ गरेको छ। गत सोमबार दिउँसो आइयोस डोमेटिओसबाट टर्की शाषित उत्तरी साइप्रस जान खोज्दा पक्राउ गरिएको हो। प्रोतोकोल अनुसार सिमा पार गर्न कम्तिमा ४८ घण्टा अघि कोरोना टेस्ट गरेको प्रमाणपत्र देखाउनु पर्ने नियम छ। तर उनीहरुले पेश गरेको कोभिड १९ को रिपोर्ट प्रति शंका लागेपछि प्रहरीले थप छानबिन गरेको थियो। छानबिन पश्चात सो रिपोर्ट नक्कली भएको प्रमाण भए पछि पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताएका छन्। पाचै जना नेपाली महिला घरेलु कामदार हुन्। उनीहरु कामको खोजीमा उत्तरी साइप्रस जान लागेको बताइएको छ। कोरोना परिक्षण नै नगरी नक्कली कागजात पेश गरि उनीहरु उत्तरी साइप्रस सम्म मात्र जान लागेका हुन् या विभिन्न एजेन्ट मार्फत मानव तस्करीको जालमा परेर अन्य देश छिर्ने दाउ बारे स्पस्ट भएको छैन।

मानव तस्करले साइप्रसलाइ ट्रान्जिट हबको रुपमा रुट बनाउदै उत्तरी साइप्रस हुदै टर्की, ग्रीस हुदै फ्रान्स, इटाली, पोर्चुगल लगायतका युरोपेली रास्ट्रहरुमा गैर कानुनी तवरले छिराउने गरेका छन्। धेरै मेहेनत र कम तलबले पिल्सिएका घरेलु कामदारलाई ठुला देश र राम्रो कमाइ र पिआरको लोभ देखाई आफ्नो प्रभावमा पारेर अन्य देश जान उक्साउने दलालले पैसा खाएर भागेको खबर बेला बेलामा आइरहने गरेको छ।