मलेसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या १० हजार नाघ्यो/आज पुनः एकको मृत्यु।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरसले संक्रमित हुनेको संख्या १० हजार पार गरेको छ, भने संक्रमणको कारण आज शुक्रबार पुनः १ जनाको मृत्यु भएको छ।

अहिलेसम्म जम्मा १२९ जनाको मृत्यु भएको छ , भने जम्मा १० हजार १ सय ४७ जना संक्रमित भएका छ्न। आज शुक्रबार नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९५ जना रहेकाे छ । संक्रमित मध्य ९ हजार २ सय ६४ जनाले स्वास्थ्य लाभ लिई निको भैइसकेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ्।

हालसम्म ७ सय ५४ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ। यो संख्यालाई हेर्दाखेरि पछिल्लो समयमा मलेसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या पुनः बढ्दै गैइरहेको देखाउछ।

मलेसियामा नियन्त्रण नजिक पुगेको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा पुनः वृद्धि भएपछि सरकारले संक्रमण बढीरहेको ठाउँ, एरियामा आवागमन नियन्त्रण आदेश , लकडाउन कडाइका साथ जारी गरेको छ।