आजको मौसम पूर्वानुमान

काठमाडौं । देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति देशका अधिकांश भू-भागमा पूर्ण बदली  रहनेछ भने देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी 

देशभर मनसुनी वर्षा जारी रहने देखिन्छ । देशको थोरै  स्थानहरुमा भारि तथा १ / २ स्थानहरुमा अति भारी  वर्षाको  संभावना भएकोले ती क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने र पहाडि क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्नेछ ।