काठमाडौँ । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ललितपुरको स्टार अस्पतालमा २ दिनअघि स्बाब दिनुभएको लामाको आज पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
पाइलट लामा सोल्टी होटलको आइसोलेशनमा बस्नुभएको छ । पाइलट लामाले पछिल्लो समय शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई तीन दक्षिण सुडान लग्नुभएको थियो । उहाँसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ।




















